भेलाले अमृत प्रसाद सुवेदीको अध्यक्षतमा विष्णुमाया थापा, काशीराम दर्जी ,कृष्णबहादुर रेग्मी क्षेत्री, शोभा भण्डारी ,तिल कुमारी उपाध्याय ,पूर्ण बहादुर मल्ल (वडा अध्यक्ष) पदेन सदस्य, जगन्नाथ पौडेल( शिक्षक प्रतिनिधि )तथा शेषकान्त शर्मा प्रधानाध्यापक (सदस्य सचिव) रहेको नौ सदस्य विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रुपमा गठन गरेको छ।
त्यसैगरी नामबहादुर खत्री (दीपक)को अध्यक्षतामा याम बहादुर भण्डारी, थमप्रसाद पौडेल, निशा क्षेत्री ,इन्दु नेपाली, सरिता बिक ,भवराज शर्मा, बम बहादुर दर्जी ,चन्द्र मल्ल, इन्द्रबहादुर क्षेत्री (शिक्षक प्रतिनिधि ) बि.व्य.स.अध्यक्ष तथा प्रधानाध्यापक (पदेन सदस्य)रहेको शिक्षक अभिभावक संघ गठन भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अमृत प्रसाद सुवेदी तथा शिक्षक अभिभावक संघको अध्यक्ष नाम बहादुर खत्री (दिपक) दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन हुनु भएको हो।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षतामा पूर्व विद्यालयका अध्यक्षहरू डिल बहादुर खत्री,देऊ बहादुर भण्डारी, गुप्तबहादुर रेग्मी ,भक्तराज सुवेदी, अमृत बहादुर मल्ल ,नैनासिंह थापा तथा समाजसेवी सम बहादुर बि क ,राम बहादुर रेग्मी तथा थमप्रसाद पौडेल रहेको सल्लाहकार समिति समेत सर्वसम्मत गठन भएको छ।

