२२ माघ २०८२, पर्वत- पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको ऐतिहासिक तथा पर्यटकीय स्थल पर्वतको दक्षिण भेगमा अवस्थित महाशिला गाउँपालिका- ६, फलामखानीमा पर्वत जेसीजको टोलीले अवलोकन भ्रमण गरेको छ । फलामखानीको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पर्वत जेसीजले उक्त ठाउँको भ्रमण गरेको पर्वत जेसीज-२०२६ का अध्यक्ष शर्मिला शर्माले बताउनुभयो । धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मार्दी लगायतका दर्जनौं हिमालहरु अबलोकन गर्न सकिने सुन्दर र फराकिलो ठाउँ फलामखानी हलोगाडे डाडाँ, बिगतमा फलमखानी उत्खनन गरिएको ठाउँ, पिक्निक स्पोर्ट्स, फलामखानीको रमणीय गाउँ अबलोकन गर्न पाउँदा अत्यन्त खुशी लागेको उहाँले बताउनुभयो । उक्त क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि पर्वत जेसीजले फलामखानी डाँडामा उक्त ठाउँको पहिचान झल्किने खालको बोर्डहरु राख्ने लगायतका कार्यहरू गर्ने बताउनुभयो ।
फलामखानी उत्खनन गरेको ठाउँ पुगेर अबलोकन गर्न पाउदा अत्यन्त खुशी सँगै आश्चर्य लागेको जेसीज पर्वत-२०२६ का महासचिव रामचन्द्र सुवेदीले बताउनुभयो । फमाखानी पुनः उत्खनन गर्नमा सरोकारवालाहरुले जोड दिनुपर्ने उहाँले बताउनुभयो । प्रचारप्रसारका माध्यमबाट फलामखानीको पर्यटन प्रबर्द्धनमा जोड दिएको स्थानीय समेत रहनुभएका नयन न्युज डटकमका सम्पादक पत्रकार लक्ष्मण बिसिले बताउनुभयो ।
फलामखानीमा विकासको उच्च सम्भावना रहेको बताउदै स्रोत साधनको परिचालनमा सरोकारवालाले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । गाउँको बसाइँसराइ रोक्न र कमाएको रकम गाउँमै लगानी गर्न युवाहरुलाई प्रेरित गर्नुपर्ने बिसिले बताउनुभयो । फलामखानीको विकासका लागि अनवरत प्रयासरत रहेको वडा अध्यक्ष गोविन्द बहादुर बिकले बताउनुभयो । पर्वत जेसीजको टोलिसँग महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा बिक, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे लगायत फलामखानी पुग्नुभएको थियोे ।
फलामखानीका १६ पर्यटकीय विशेषताहरु :-
१)चाँदी झै टल्किने धौलागिरी,माछापुच्छ्रे, अन्नपूर्ण, मार्दी लगायतका दर्जनौं मनमोहक हिमालहरु एकै ठाउँबाट एकै नजरमा देख्न सकिन्छ ।
२) गडीको जुराबाट महाशिला (मेलढुङ्गा) प्रत्यक्ष देख्न सकिने साथै विभिन्न जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु र चारैतिरका मनमोहक गाउँ ठाउँहरु हेर्न सकिने ।
३)ध्यान तथा योगका लागि मनोरम,सुन्दर र सान्त वातावरण ।
४)सनराइज र सनसेट हेर्न सकिने ।
५)पिक्निकका लागि अत्यन्त उपयुक्त स्थल ।
६)बिगतमा फलाम निकालिएका खानीहरु हेर्न पाइने।
७)मौलिक परम्परा, लोक भाका,कला र सांस्कृतिमा रमाउन पाइने ।
८)राष्ट्रिय फुल लालीगुराँस प्रसस्त पाइनेहुँदा ढकमक्क फुलेका लालिगुराँस हेर्न सकिने ।
९) सुन्दर चिया बगनमा रमाउन सकिने, चिया खेतीको बगान बिस्तार हुँदै ।
१०)गढीको जुरा स्थित भुरेराजा बसेको ठाउँको अवलोकन गर्न सकिने ।
११) हावाबाट बिद्धुत उत्पादनका लागि निर्माण गरिएको अग्लो टावर हेर्न सकिने, आदी ।
१३)ऐतिहासिक ढुंगे धारा,रमणीय बस्ती र सुन्दर गोरेटोबाटो सँगै सल्लाघरी बन घुम्न पाइने ।
१४)गडीको जुराबाट प्यारागलाइडिङ उडान हुन सक्ने सम्भावना।
१५) नेपालको पहिलो पर्यटकीय गाउँ स्याङ्जा सिरुबारीबाट सवारीमा मात्र ३० मिनेटमा फलामखानी आउन सकिने ।
१६)स्थानीय खानाका परिकार सहित होम स्टेको विकास हुँदै ।
एकपटक फलामखानी आउनुहोस् , प्राकृतिक सौन्दर्यताको वातावरणमा रमाउनुहोस ! हजुरको प्रतीक्षामा छ फलामखानी, सौन्दर्यताको खानी!

