कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)

५ भदौ २०८३, पर्वत-नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै ‘दिदीभाइ’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको छ। गीतमा दिदी–भाइबीचको आत्मीय सम्बन्ध, पारिवारिक माया तथा तीज पर्वसँग जोडिएका भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

लोकप्रिय कलाकार कृष्ण अखेली र पूर्णकला बीसीको स्वर रहेको गीतमा शिव अखेलीको शब्द तथा कृष्ण अखेलीकै संगीत रहेको छ। यमन थापा मगरले गीतको एरेन्ज गरेका छन् भने रेकर्डिस्टका रूपमा सुमन राना र दिवस थापाले काम गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन्। गीतको भिडियोमा लक्ष्मण भण्डारी र सरिता दन्कुटी लगायतको अभिनय रहेको छ । गीतको रेकर्डिङ मारुनी डिजिटल र बाँसुरी डिजिटल स्टुडियोमा गरिएको हो। ‘दिदीभाइ’को अडियो तथा भिडियो कृष्ण अखेली अफिसियलमार्फत सार्वजनिक गरिएको छ।

तीजको सांस्कृतिक पक्षसँगै दिदी–भाइको सम्बन्धमा रहेको प्रेम, सम्झना र भावनालाई गीतमार्फत उजागर गरिएकाले ‘दिदीभाइ’ले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

गीतको भिडियो हेर्नुहोस!

ताजा

Related Articles