४ भदौ २०८३,पर्वत-हरितालिका तीज पर्वलाई लक्षित गरि नयाँ नेपाली तीज गीत ‘खोली तरौला’ सार्वजनिक भएको छ। उक्त गितको भिडियो रोशनी पन्त युटुब च्यानल मार्फत हालै सार्वजनिक भएको हो ।
गीतमा युबराज आचार्य, बसन्तराज पन्त र रोशनी पन्तको सुमधुर स्वर रहेको छ। गीतका शब्द रोशनी पन्तले लेखेकी हुन् भने संगीत बसन्तराज पन्तको रहेको छ। पन्त दम्पती विदेशमा रहेतापनि नेपाली गित संगितलाई माया गर्दै आइरहेका छन् । गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज दंगोलले गरेका हुन । गीतको भिडियोतर्फ अर्जुन थापा मगरले निर्देशन गरेका छन्। रोमन घमालले कोरियोग्राफी गरेको भिडियोमा राजेन्द्र नेपाली (लेटे), वर्षा पन्त र सरिता डाँकोटीको अभिनय रहेको छ। भिडियोको छायांकन तथा सम्पादन कमल एलेक्सले गरेका छन्। गीतको श्रव्य–दृश्य प्रस्तुतिले नेपाली मौलिक संगीत र मनोरञ्जनलाई जोड्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ। ‘खोली तरौला’ गीतमा शब्द, संगीत, स्वर र भिडियोमार्फत कलाकार तथा सर्जकहरूको सिर्जनात्मक सहकार्य देखाइएको छ। गीतले नेपाली संगीतप्रेमी दर्शक–श्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ।
भिडियो हेर्नुहोस:-

