सन्तोष पौडेल/बरालिएको मन न त सम्हाल्न सक्छु न त झट्ट केहि निर्णय गर्न नै । सारा सन्सार नै मलाई आफ्नो जस्तो लग्छ । मेरो आफ्नो भन्ने कोहि छैन । म यहा सम्म कि म कोहु भन्ने आफैलाई थाहा छैन । न त मलाई आफ्ना नातागोता न त आफ्नो परिचय नै थाहा छ । मेरो घर त्यही हो सडकको छेउ, मन्दिर ,देवालय आदि ।मेरो कुनै गाउँ छैन सहर छैन , न त घाम पानी छेक्ने ओत । हुन त यति ब्यस्त सहरमा मेरो बारेमा सोध्ने फुर्सद कस्लाई होस र मैले आफ्नो परिचय बोकेर हिड्नु पर्यो । यो स्वार्थी दुनियामा मलाई चिन्ने रहर कसलाई होस । सहरका एकै ठाउमा जोडिएर , आकाश छुने गरि बनेका घरहरु देखेर मलाई अचम्म लाग्छ , के यति ठुला घरहरुमा म एउटाको लागी ६ हात जग्गा पनि छैन होला ? सारा मिष्ठान्न पाक्ने भन्डारमा म एउटाको लागी छाक टार्ने खोले छैन होला ? म एक मनले प्रश्न गर्दै जान्थे उत्तर अर्को मनले दिन्थे । यसरी नै सहरमा घुमिरहेको थिए १२-१५ दिन भयो भोकै थिए । माग्दा पनि कसैले दिदैनथ्यो , उल्टै गाली र पिटाई खानु पर्थ्यो । मेरो मनले सोच्दथ्यो कि मैले खाना मागेको हु पिटाइ होइन । खाना दिन नसक्नेले गाली र पिटाई किन ? मानबता हराएको यस सहरमा मैले मानबताको खोजी गरेर के काम । बडो अचम्म ! को कुरा कोहि ५ मिनेटको बाटो कारमा हिडिरहेका छन त कोहि जिन्दगी भर सारा यात्रा बिना माड, खाली खुट्टा । यस्तो स्वार्थी सन्सारमा बसेर मानबता खोजी गर्ने म नै महामुर्ख हु कि जस्तो पनि लाग्छ । यति ब्यस्त सहरमा यति ब्यस्त मानिसले आफ्नो परिवारलाई कसरी कति समय दिन्छ होला जहासम्मकी बाटो हिड्दा ठेस लागेको ढुङो समेत तर्काउने समय छैन । मन मनै सोच्दथे । घरी घरी अचम्म लाग्दथ्यो मान्छेबाट घरको सुरक्षा गर्नको लागी कुकुरलाई गार्ड राखिएको देख्दा , यसकुरा बाट मेलै प्रष्ट बुझे यहा मानीसले मानीसमा भन्दा पनि बढी बिस्बास जनाबार माथी गर्दछ र मानीसभन्दा ईमान्दार जनाबार बनेको छ । सारा सृष्टीको बौद्दीक तत्ब मानिएको मानबमा आज अचानक आफैमा हुनुपर्ने गुण मानबता नै बिलय भएछ । कठै बिचरा उ क्यासीनो र जुवामा हासी हासी लाख फाल्दछ तर अनाथलय र मन्दिरमा बल्ल बल्ल सय र दशको नोट चढाउने गर्दछ । अनि नारी स्वतन्रताको आवाज उठाउने हर्के श्रीमतीलाई घर र चुलोको काममै सिमीत गर्दछ । कोहि अगाडी बाट लठ्ठी बाढ्दै आउछ कोहि टेकेको लठ्टी खोस्दै । बास्तबमै मानब परिबर्तन हुन नखोजेको की नसकेको ? सामाजीक प्राणीले नै समाजको आबस्यकतालाई नकारेपछाडी र बौद्दीकतालाई ख्याल नगरेपछी यो सृष्टी कसरी सन्तुलित रूपमा चल्न सक्ला र खै ? यस्तै कयौ प्रस्नहरू मनमा चलिरहन्छन । अनि समाधान कसरी त ?
लेखक पौडेल अनेरास्ववियू पर्वतका सचिव तथा पिए.न क्याम्पसमा अध्ययनरत विद्यार्थी नेता हुन् ।