28.1 C
Kathmandu
Tuesday, July 16, 2024

एमाले मंगलाद्वारा पोखरामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न!

बबिता बिश्वकर्मा,पोखरा/ पोखराको जिरो किमिमा म्याग्दी जिल्ला मंगला गाउपालिका नेकपा एमालेले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। शुक्रबार भएको उक्त उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पोखरामा बसोबास गर्ने मंगला गाउपालिका बासिहरुसंगको थियो । निर्वाचन नजिकिदै गर्दा पोखरामा बसोबास गर्ने एमाले समर्थक मंगला गाउपलिका बासिहरुको लागि ध्यानाकर्षण गर्ने गरिएको कार्यक्रममा बोल्दै मंगला गाउपालिका अध्यक्ष सत प्रसाद रोकाले नेकपा एमालेको सरकारले बिगतका दिनमा गरेको राम्रा कामहरु स्मरण गर्दै आफ्नो कार्यकालमा मंगला गापाले स्थानीय छ वटा तहहरुमध्य मंगला गापा उत्कृष्ट गापा बन्न सफल भएको कुरा बताएका छन् । सम्पुर्ण बर्गका लागि समानुपातिक पार्टी, देशलाई समृद्ध बनाउने पार्टी र जनताका पार्टी एमाले हो भन्दै असी जना उपस्थित जनताहरुलाइ सम्बोधन गर्दै रोकाले गापा मा सग्रहालाय स्थापनादेखी चिल्ड्रेन पार्क र झाक्रीपानीमा भ्यु टावर संगै होम स्टेय बनाएको र त्यही मार्फत आन्तरिक पर्यटन तथाअ आम्दानीको श्रोत बन्ने कुरा पनि प्रष्ट पारेका छन् ।
एक गाउँ एक सामुदायिक भबन र एक गाउँ एक खेलमैदान भन्ने नारालाइ अनुसरण गर्दै हाल्सम्म गाप भित्र अठार वटा सामुदायिक भबन र बीस वटा खेलमैदान सम्पन्न भैसकेको कुरा बताए ।उनले अनुसासित कार्यकर्ताको पार्टी एमाले सरकार भएको भन्दै आफ्नो पार्टीले गापाभित्र निशुल्क स्वास्थ उपचारको लागि हस्पिटल प्रशासकीय भबन र गहते अर्मन,किमचौर हुँदै ताराखोला गापासंग जोड्ने मोटरबाटो अस्तब्यस्त हुनाले त्यसको सुधार गर्नुपर्ने बताए । बिकासका कामहरु अझैपनी बाकी रहेकाले एमाले सरकार अबको आवश्यकता भएको कुरा दर्शाएका छन् । कार्यक्रममा पुर्बसामाजिक बिकास मन्त्री नेकपा एमाले केन्द्रिय सदस्य,जिल्ला सहइन्चार्ज नरदेबी पुनले एमाले समाजबादतिर उन्मुख पार्टी रहेकाले स्बै बर्गका पार्टी एमाले भएको कुरा बताएका छन् । साथै २०७४ सालमा एमालेको सरकार हुदा भारतले नाका बन्दी लागाउदा kp ओलि नझुकेको र अर्को मान्छे भएको भए त्यो अबस्था नहुने कुरा जिकिर गरे । उनले एमालेले शान्तिको क्षेत्रमा सराहनीय काम गरेको भन्दै मनमोहन सिङको कार्यकालमा बृद्धभत्ता सुरु भएको भन्दै राजनीति बुझेन भने गलत पार्टीको हातमा सत्ता जान्छ भनेर कार्यकर्तालाइ सचेत रहन अनुरोध गरेका छन। मंगला गापा अरु गापाहरु मध्य उत्कृष्ट हुनमा एमालेले गरेका बिकासका कामहरुलाई सम्बोधन गर्दै पुनले फेरि पनि एमालेले जित्न आवश्यक रहेको कुरा बताए । कार्यक्रमका बिशिस्ट अतिथी नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा निबर्तमान जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण श्रेष्ठले एमालेको मुख्य ध्यान यो निर्वाचनमा उम्मेदवारलाई छनोट गर्न र सक्षम उम्मेदवारलाइ पार्टिले दिन सक्ने सहयोग बारे प्रष्ट पारेका छन् । उनले मंगला गाउपालिका सुरक्षित गाउपालिका भएको भन्दै,गापा अध्यक्ष को कामको प्रशंसा गरेका छन। कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज भुपेन्द्र ब. थापाले ईन्डिया संग नझ्न्क्ने पार्टी नेपका एमाले हो भन्दै बिकासका पुर्बाधार बाटो देखि शहरी सहजीकरण बृक्षारोपन र बेनिपोखरा काठमाडौ नेपाल गन्ज बिरग्न्ज र बुटवलको धुलाम्मे बाटोलाई कालोपत्रे गरेर चितिक्कको शहर बनाउने काम एमालेको सरकारले गरेको भ्नदै चिनदेखी पनि ब्यापार गर्न सकिने बताएका छन।साथै थापाले एमालेले तुइनहरु हताएर २ सय ५० पुलहरु निमार्ण गरेको कुरा पनि जाहेर गरेका छन् । कार्यक्रमका अध्यक्ष नेपाल रास्त्रीय,भु,पु,सैनिक तथा प्रहरी संगठन सदस्य दिपक जि.सि ले बिगतका दिनहरुमा जस्तै यसपटक पनि नेकपा एमालेलाई निर्वाचन जिताउनलको लागि सहयोगको आसा गर्दै उक्त कार्यक्रम समापन गरेका छन् । रास्त्रीय जनसंकृतीक महासंघ केन्द्रिय सदस्य राजेन्द्र सापकोटाले स्वागत मन्तब्य राखेको हुन भने कार्यक्रमको संचालन नेकपा एमाले मंगला गापा सदस्य सुजत बुढाथोकिले गरेका हुन।

ताजा

Related Articles