महेन्द्र जिसी,पर्वत/ पाँच वर्ष सम्म रजगजका साथ वडा चलाएका जन प्रतिनिधिहरुले सामुहीक राजिनामा दिएका छन । यहीँ बैशाख ३० गते हुन लागेको आसन्न स्थानीय निर्वाचर्नमा दोहोरीने वडाका सबै जनप्रतिधिहिरुले राजीनामा दिएका हुन । आगामी निर्वाचनमा पनि दोहोरीने तयारीका सात वडाका ५ वटै जन प्रतिनिधिहरुले राजिमाना दिएका हुन । पर्वतको कुश्मा नगर पालिका सातका वडा अध्यक्ष सहित ४ वडा सदस्यहरुले सामुहीक राजिनामा दिएका हुन । पाँच वर्ष सम्म विभिन्न २९ वटा आयोजना सम्पन्न गरेको स्वयतपत्र सार्वजनिक गर्दै आगामी कार्यकालको तयारीमा निर्वाचनमा जान सामुहीक राजिनामा दिएको वडा अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो । २० वर्ष सम्म जन प्रतिनिधि विहीनतालाई पुर्णता दिएको जनाउँदै आगामी कार्यकालामा पनि आँफुहरु दोहोरीन राजीनाम दिइएको अध्यक्ष पौडलले बताउनुभयो । आँफुहरुको जनताको काम गरीरहेको र जनताले कामको मुल्याङ्कन गर्ने वडा वडा सदस्य परशुराम पुरीले बताउनुभयो । पत्रकार सम्मेलन गरेर वडाका सबै जन प्रनिधिहिरुले एकै साथ राजिनामा दिएका हुन । कुश्मा नगरपालिला-७,मा तीन वर्ष अघि कार्यलय सञ्चालनको लागि विनीयोजन गरीएको १० लाख अप्रचलन भएको भन्दै वडा सदस्यहरुले नै विरोध जनाएपछि अख्तियर दुरुपयोग अनुसन्धान कास्कीले निगरानी बढाएको थियो ।

