पर्वत-गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन-२०७९ मा ७ वटा स्थानीय तह रहेको पर्वतमा ५ पालिका प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेस विजयी भएको छ भने २ वटा पालिकामा नेकपा एमाले विजयी भएको छ । उपप्रमुखमा २ स्थानीय तहमा गठबन्धनबाट माओवादी केन्द्र र ५ स्थानीय तहमा नेकपा एमाले बिजयी भएको हो ।
कुस्मामा जोशी र रिजाल बिजयी
पर्वतको कुश्मा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामचन्द्र जोशी दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका छन ।
जोशी ९ हजार ८६४ मत ल्याएर विजयी हुनुभएको हो । उनले नेकपा एमालेका उम्मेदवार गणेश शर्मा पौडेललाई ७७५ मतान्तरले पराजित गरेका हुन । पराजित गणेश शर्मा पौडेलले ९ हजार ०८९ मत प्राप्तभयो । जोशी नेपाली कांग्रेसको गण्डकी प्रदेशका सहमहामन्त्री समेत हुन ।
उपप्रमुखमा भने नेकपा एमालेकी स्वस्थानी रिजाल निर्वाचित भएकी छन् । रिजालले ९ हजार ०९२ मत ल्याएर विजयी हुँदा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादीका शंकर गिरीले ८ हजार २८२ मत ल्याएका हुन ।
१४ वडा रहेको कुश्मामा ८ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ५ वडामा नेकपा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
वडा नम्वर १, २, ४, ५, ७, ८, ९ र १४ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडा नम्वर ३, ६, १०, ११ र १३ मा एमालेले जितेको छ । वडा नं. १२ मा स्वतन्त्र उम्मेदवार बिजयी भएका हुन । एमालेले अघिल्लोपटकको निर्वाचनमा जितेका वडा नम्बर १, ७, १२ र १४ गुमाएको छ ।
फलेवासमा तिवारी र क्षेत्री बिजयी
पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठवन्धनका उम्मेदवार बिजयी भएका छन् । गठवन्धनवाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली काँग्रेसका गंगाधार तिवारी नगरप्रमुख र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा बिजयी भएका हुन । तिवारीले १३ सय ६२ मतको अन्तरले एमाले उम्मेदवार पदमपाणी शर्मालाई पराजित गरेका हुन । तिवारीले ७ हजार ७ सय मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिस्पर्धि एमालेका शर्माले ६ हजार ३ सय ३८ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा शोभाकुमारी क्षेत्रीले ६ हजार ३ सय २७ मत प्राप्त गरी बिजयी भएकी हुन भने उनका प्रतिस्पर्धि एमालेकी मञ्जु अधिकारीले ६ हजार ५७ मत प्राप्त भएको छ । उपप्रमुखमा २ सय ७० मतको अन्तर रहेको छ ।
फलेवास नगरपालिकाका ११ वटा वडा मध्ये वडा नं. २, ५, ७,८ र ११ मा एमाले बिजयी भएको छ भने वडा नं. १, ३, ४, ६, ९ र १० मा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन् ।
जलजलामा दुवै आचार्य बिजयी
पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उमेद्वार निर्वाचित भएका छन् ।
मोहनचोक स्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मंगलवार दिउँसो सम्पन्न मतगणनाको परिणाम अनुसार अध्यक्षमा काँग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दिपक आचार्य (आकाश) विजयी भएका हुन ।
अध्यक्षमा निर्वाचित राजुले पाँच हजार ६५७ र उपाध्यक्षमा निर्वाचित दिपकले चार हजार ७९२ मत पाएका हुन । अध्यक्षमा एमालेका लालबहादुर अधिकारीले चार हजार १८४ र उपाध्यक्षमा एमालेकी सुनिता वरुवालले चार हजार ७१५ मत पाएका थिए ।
उपाध्यक्षमा ७७ मतले वरुवाललाई आचार्यले पराजित गरे । जलजलाको ९ वटा मध्य पाँच वटामा एमाले, दुई वटामा काँग्रेस र दुई वटा वडामा एमालेले जितेका छन् ।
१ मा एमालेका जकबहादुर रोका, २ मा प्रकाश घर्ति, ३ मा एकेन्द्र खत्री, ४ मा भरत खत्री, ५ मा तिलक जिसी, ६ मा काँग्रेसका बलबहादुर पुर्जा पुन, ७ मा माओवादीका टुङ्गनाथ आचार्य, ८ मा काँग्रेसका हरिविकास जिसी र ९ मा माओवादीका गौबहादुर पुर्जा निर्वाचित भएका छन् ।
पैंयुमा ठकुरी र राना बिजयी
पर्वतको पैयुँ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका छन् ।
मल्लले ३ हजार ८ सय २४ मत प्राप्त गरि विजयी हुनुभएको हो । नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले ३ हजार ३ सय ८० मत ल्याएर पराजित भए । मल्ल र श्रेष्ठका बिचमा ४ सय ४४ मतको अन्तर रहेको छ ।
उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार यामकुमारी राना विजयी भइन । रानाले ३ हजार ७ सय ७७ मत छ । उपाध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका जानकी प्रधानले ३ हजार ४ सय ५८ मत ल्याउनुभएर पराजित भइन् । उपाध्यक्षमा ३१९ मतले प्रधानलाई पछि पार्दै राना बिजयी भएकी हुन ।
पैंयु गाउँपालिकामा ७ वडा रहेका छन् । जसमा वडा नं. १ र वडा नं. ७ भोर्लेमा नेपाली काँग्रेस बिजयी भएको छ भने बाँकी ५ वटा वडामा नेकपा एमाले बिजयी भएको छ ।
विहादीमा गुरुङ र तिवारी बिजयी
पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन् ।
गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी भएका हुन । उनले नेकपा एमालेका उम्मेदवार ओम कुँवरलाई लाई ५३२ मतान्तरले पराजित गरे । पराजित ओम कुँवरले २ हजार ९ सय ३७ मत प्रापत गरे ।
उपाध्यक्षमा भने नेकपा एमालेकी मिना तिवारी निर्वाचित भइ्न । तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादीका सन्तबहादुर गुरुङले ३ हजार ५० मत प्राप्त गरे ।
६ वडा रहेको विहादी गाउँपालिकामा ३ वडामा एमाले २ मा काँग्रेस र १ वडामा माओवादी विजयी भएको छ । वडा नं. १, ३, ५ मा नेकपा एमाले, २, ४ मा काँग्रेस र वडा नं. ६ मा माओवादी केन्द्रमा उम्मेदवार बिजयी भएका हुन् ।
मोदीमा शर्मा र लामिछाने बिजयी
पर्वतको मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन ।
अध्यक्ष शर्माले गठवन्धनका उम्मेवार माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गरे भने लामिछानेले काँग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै उपाध्यक्षमा बिजयी भए ।
अध्यक्षमा निर्वाचित शर्माले ६ हजार १९ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रका उम्मेदवार हमालले ४ हजार ६ सय ८० मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा लामिछानेले ६ हजार ३ सय ३ मत पाउँदा प्रसाईले ४ हजार ६ सय ५४ मत प्राप्त गरेको छ ।
मोदी गाउँपालिकाका ८ वटा वडा मध्ये पाँच वटामा नेकपा एमाले बिजयी भएको छ भने तीन वटामा नेपाली काँग्रेस बिजयी भएको छ । वडा नं. १, २, ३, ७ र ८ मा एमाले र वडा नं. ४, ५ र ६ मा ओवादी उम्मेदवार बिजयी भएका हुन् ।
महाशिलामा भूषाल र विक बिजयी
पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले बिजयी भएको छ ।
नेकपा एमालेका उम्मेदवार इश्वरी भुसाल र धनसोभा विक क्रमसः अध्यक्ष र उपाध्यक्षमा बिजयी भएका हुन । अध्यक्ष पदमा एमालेका भुसालले २७४३ मत ल्याउँदा कांग्रेसका अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका हुन । उपाध्यक्ष पदमा वि.कले २७०६ मत ल्याउँदा एकीकृत समाजवादीका उम्मेदवार बिराज हमालले १९६९ मत प्राप्त गरे ।
महशिलाका ६ वटा वडा मध्ये वडा नं. ५ लुंखुदेउरालीमा नेपाली काँग्रेसले बिजयी भएको छ भने बाँकी सवै वडामा नेकपा एमाले प्यानलसहित बिजयी भएको छ ।पर्वतका ७ स्थानीय तहमा कुल मतदाता १ लाख २२ हजार ५० रहेकोमा ७९ हजार ७ सय ९६ मत खसेको थियो ।








