19.1 C
Kathmandu
Thursday, April 30, 2026

पर्वतका ३१ बर्षीय युवाद्वारा सर्वोच्च शिखर सगरमाथा आरोहण!

काठमाडौँ-पर्वतका ३१ वर्षीय एक युवाले नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्।

जिल्लाको बिहादी गाउँपालिका–४ वहाकी, ठाँटीस्थित बानिपोखरामा जन्मिएका युवा देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरी पर्वतकै गरिमा बढाउन सफल भएका हुन्।

देशमा रहेको व्यरोजगारीको समस्याबाट अछुत हुन नसकेको उनको गाउँ । जहाँका अधिकांश युवाहरू वैदेशिक रोजगारीका लागि विदेश जार्नु पर्दथ्यो ।

गाउँमा बुढापाका मात्र हुने यो बाध्यता उनको लागि सह्य भएन । यसकारण उनले सानोतिनो भएपनि नेपालमै जागिर गर्ने निधो गरे।

फलस्वप उनी नेपाल आर्मीमा जागिर खान सफल भए। जागिरको सिससिलामा देशका विभिन्न स्थानमा पुगेका उनले मुस्ताङका पुग्दा भने फरक अुनभव र अनुभूति संगाल्ने अवसर पाए ।

मुस्ताङमा रहँदा उनले त्यहाँ स्थित ६ हजार भन्दा कम उचाइका हिमाल चढ्ने अभ्यास गरे र सफल पनि भए।

यसैबीच नेपाली सेनाको अभियान – आरोहण हिमाल क्याम्पेनिङ्ग २०२२ को अभियान आयो जस मार्फत सगरमाथाको आरोहण गर्ने मौका उनको लागि थियो।

उनले यो मौकालाई सद्उपयोग गर्न आफ्ना दुई सहकर्मी साथिसँग त्यहाँ जाने निधो गरे । तीन जना नै गएको भएपनि एक जना बेस क्याम्बाट फर्किए र उनीहरु २ जना मात्र गए ।

सगरमाथा उक्लिँदाका गाथा सुनाउँदै उनी भन्छन्, ‘ सुरुमा खुसी लागेपनि , बाटोमा हिमपहिरोहरु देख्दा आफ्नै पैलाको हिउँ भत्किएको फिल गर्दै मन अतालिन्थ्यो तर म, ममात्र नभएर पूरा आर्मीको प्रतिनिभित्व गर्दैछु भन्ने भावले डर मत्थर भयो।’

उनी जाने बाटोमा केही लाश थिए । हेर्दा मान्छे ठम्याउन समेत नसकिने खालका ती लाश देख्दा निकै डर लागेको उनी सुनाउँछन् ।
ठूलो चुनौतीको विषय भएको बताउँदै उनले दुःख भएपनि आफूले आँटेको र आर्मीबाट पाएको जिम्मेवारी पूरागर्न सकेकोमा निकै खुसी भएको उनी बताउँछन् ।

यसअघि मुस्ताङमा ६ हजार भन्दा कम उचाइका हिमालमा धेरै अभ्यास गरेको भएपनि यो आफ्नोलागि
आर्मीबाट गएको कारण उनले खासै आर्थिक भार बोक्नु परेन । नत्र सामान्यतया सगरमाथा आरोहण गर्न चाहाने नेपालीको १८–२० लाख लाग्छ ।

गाउँ छरछिमेकीले पनि मेरो कामको प्रसंशा गरेको देख्दा र यसरी साथ दिएको देख्दा आफू निकै हौसिने उनकोे भनाइ छ।

सामान्यतया नेपालीको आयस्तर कम हुने भएकाले सगरमाथा आरोहणको खर्च व्यहोर्न गाह्रो हुने बताउँदै उनले आरोहण गर्न कुनै सहयोगी संस्था नै महत्वपूर्ण विकल्प भएको बताउँछन्।

ताजा

Related Articles