28.1 C
Kathmandu
Monday, July 15, 2024

जिसस बागलुङको प्रमुखमा जनमोर्चाका थापा र उपप्रमुख नेकपा एसका शर्मा सर्वसम्मत चयन

बागलुङ-जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा रास्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर थापा चयन हुनुभएको छ ।
त्यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बागलुङका जिल्ला सदस्य होमनाथ शर्मा चयन हुनुभएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई बजेसम्म सत्ता गठबन्धनका उम्मेदवार बाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित ९ जना सदस्य पाँच दलीय गठवन्धनकै उम्मेदवार सर्वसम्मत चयन भएका सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा नेपाली कांग्रेसको तर्फबाट हरिकला पौडेल, कौशिला विक, टेक बहादुर अर्गेजा, पदम बहादुर क्षेत्री, धन कुमारी खत्री, नेकपा माओवादी केन्द्रबाट जसोधा शर्मा र हर्क बहादुर पाण्डे सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत सापकोटाले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रकृया पुरा गरि ३१ गते मात्र घोषणाको तयारी गरिरहेको सापकोटाले बताउनुभयो ।

बागलुङका दस स्थानीय तह मध्ये एउटा मात्रै प्रमुख जितेको नेकपा एमालेले कुनैपनि पदमा उमेद्वारी नपरेपछि सत्ता गठबन्धनबाट उमेद्वारी दिएका सबै उम्मेदवार सर्वसम्मत निर्वाचित भएका हुन् ।

ताजा

Related Articles