28.1 C
Kathmandu
Tuesday, July 16, 2024

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

काठमाडाैं -जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी ७ जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाकाे अवस्था भने गम्भीर रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभएकाे छ ।

जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको बोलेरो जिप आज (शुक्रबार) बिहान साढे सात बजेतिर दुर्घटना भएकाे उहाँले बताउनुभएकाे छ । जिपमा चालकसहित जम्मा ११ जना सवार भएकाे पनि उहाँले बताउनुभएकाे हाे।

साेही घटनाकाे थप अनुसन्धान भइरहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

ताजा

Related Articles