25.1 C
Kathmandu
Monday, July 22, 2024

सरसफाइ अभियानमा जुटे बागलुङका युवा

बागलुङ -बागलुङ बसपार्क बाट दिनहुँ दर्जनौं ठूलो सवारीसाधन राजधानी लगायत देशको प्रमुख शहरमा गुड्ने गर्छ, बसमा यात्रा गर्ने यात्रुहरूले जथाभावी रूपमा फाल्ने पानीका खाली बाेटल देखि अन्य सामाग्रीका कारण बसपार्क फाेहाेर तथा दुर्गन्धित बन्दै गइरहेको समयमा बागलुङका सचेत युवाहरू सरसफाइ अभियान जुटेका छन् ।

बागलुङ स्वच्छ वातावरण स्वस्थ नेपाली भन्ने मुल नारा साथ गुठी युवा क्लबले बागलुङ सदरमुकाममा रहेको बसपार्क एरियामा सरसफाइ कार्यक्रम गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ काे सबैभन्दा ब्यस्त एरिया बागलुङ बसपार्कमा महिनाै देखि उठ्न नसकेको फाेहाेरका कारण वातावरण प्रदुषण भएको जन गुनासो आएपछि गुठी युवा क्लबले बागलुङ नगरपालिका ,वडा ,सामाजिक संघसंस्था , यातायात ब्यबसायी ,प्रहरी प्रशासन लगायत नागरिककाे सहकार्यमा सरसफाइ अभियान शुरू गरेको क्लबले जनाएको छ ।

बागलुङ नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि सामाजिक काम गर्दै आएको युवाहरूले गठन गरेको
क्लबले स्वच्छ वातावरण स्वस्थ नेपाली भन्ने नारालाइ सार्थक बनाउन सरसफाइ अभियान शुरूवात गरेको क्लबका सचिवले बताए ।

समाज परिवर्तनको लागि पुरानो साेच परिवर्तन गर्न अब शनिबार देखि वडा नम्बर ३ मा सरसफाइ अभियान कै रूपमा लैजान योजना रहेको यसको लागि सबैको सहयोग र समर्थन जरुरी रहेको बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसी लक्ष्मणले बताए ।

सबै मिलेर सरसफाइ अभियान शुरूवात गरेको बागलुङ नगर लाई स्वच्छ हरियाली बनाउन ,सबैले आआफ्नो ठाउँबाट सरसफाइ गर्याै भनेमात्र नगरलाई राम्रो बनाउन सकिने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषाेत्तम सापकोटाले बताए ।

बागलुङ नगरपालिकाकाे बसपार्क एरिया बजार भित्र भएर पनि सरसफाइकाे मामिलामा निकै कमजोर भएको भन्दै क्लबले आयोजना गरेको जनचेतनामूलक कार्यक्रम लाई सबैले साथ र समर्थन दिदै सरसफाइ अभियानमा सहयोग गरेका थिए ।यसलाई हरेक साताको शनिबार सरसफाइ अभियान लाई निरन्तरता दिदै लैजान बागलुङ नगरपालिकाले जनाएको छ ।

ताजा

Related Articles