28.1 C
Kathmandu
Monday, July 15, 2024

भकिम्लीलाई जातीय छुवाछुत मुक्त वडा घोषणा

म्याग्दी-म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीलाई जातीय छुवाछुत मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार वडामा आयोजित कार्यक्रममा जातीय उत्पीडनको अन्त्यसँगै छुवाछुतमुक्त वडा घोषणा गरिएको हो । बि.स २०७४ सालदेखि सुरू भएको अभियानमा जातिय छुवाछुतमुक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि वडा अध्यक्ष पदम पुनले औपचारीक कार्यक्रमका बिच भकिम्लीलाई छुवाछुतमुक्त वडा घोषणा गर्नुभएको थियो ।

वडाभित्र सबै जातजाति बिचको एकता र सहकार्यले समृद्ध वडा बनाउन सहज हुने बताउँदै छुवाछुतमुक्त वडा घोषणाले जातिय भेदभाव अन्त्यलाई व्यवहारिक रुपमा कार्यान्वयनमा सघाउ पुग्ने बताउनुभयो । ५ बर्षसम्म छुवाछुत बिरुद्धका अभियानमा गरिएका गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिदैै घोषणालाई ब्यवहारमा उर्तानुपर्ने अध्यक्ष पुनको भनाई थियो । कार्यक्रममा बेनी नगरकार्यपालिका सदस्य मन कुमारी विश्वकर्माले जातिय छुवाछुत कानूनी रुपमा डण्डनिय भएतापनि अहिले पनि समुदायमा छुवाछुत भएको देख्नुपरेको बताउँदै मानिस–मानिव बिचमा हुने सबैखालका भेदभाबलाई व्यवहारिक रुपमा निर्मुल पार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले घोषणाले जातिय छुवाछुतमुक्त अभियानमा लागेका अगुवाहरुलाई भकिम्लीसम्म आउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । बि.स २०७४ सालदेखि आन्तरिक दलितभित्रको छुवाछुत बिरुद्धको अभियान, घरदैलो अभियान, जिविकापार्जनको लागी विभिन्न आयआर्जन हुने योजना, सहभोज तथा टोलटोलमा प्रतिबद्धता, प्रभावकारी भाषणकला तालिम, वडाभित्रका सबै बस्तीमा पुगेर विभिन्न रचनात्मक कार्यहरू सञ्चालन लगायतका विभिन्न कार्यक्रमहरू गरिएको प्रगतिशिल दलित मञ्चका अध्यक्ष रामबहादुर किसानले जानकारी दिनुभयो ।

उहाँले भकिम्लीमा रहेको १ सय ५८ दलित घरधुरीमात्रै नभई सबै जातजाति बिचको सहकार्य हुने कार्यक्रमहरुलाई भविस्यमा पनि निरन्तरता दिने बताउनुभयो । घोषणा कार्यक्रममा अन्तरजाति विवाह गर्नेलाई सम्मान, अभियानलाई सफल पार्नका लागि विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा निकायहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । घोषणा कार्यक्रममा मञ्चकी सचिव उमा विकको स्वागत र सञ्चारकर्मी वादल शाहीले सञ्चालन गर्नुभएको थियो ।

ताजा

Related Articles