पर्वतका पुँजी बजार लगानीकर्ताद्वारा सरकारलाई ज्ञापनपत्र!

216

पर्वत- पर्वत जिल्लाका पुँजी बजारमा आबद्ध लगानी कर्ताद्वारा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटा मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।

लगानी कर्ताहरुले १९ बुंदे माग सहित ज्ञापन पत्र बुझाउंदै यथासिग्र सरकारले आफ्नो माग सम्बोधन गर्नुपर्ने बताएका छन । ज्ञापन पत्रमा भनिएको छ ‘पुँजी बजार सुधार, बिकास र बिस्तारका कामहरु तत्काल गराई हामी सर्बसाधारण लगानीकर्ताहरुलाई कठिन संघर्षमा जान बाध्य नपार्न नेपाल सरकारसंग जोडदार माग गर्दछौं ।’

नेपालको पुँजी बजारमा नीति नियम पुर्वाधार र प्रविधिको सही बन्दोबस्त गरी प्रभावकारी नियमन गर्नुपर्ने माग राखेपनि सरकारले वेवास्ता गरेकोले आफुहरु बाध्य भएर विरोधका कार्यक्रम गर्न परेको लगानीकर्ता बताएका छन्  ।

पर्वत जिल्लाका २ दर्जन लगानी कर्ताहरु जिल्ला प्रशासन कार्यलय पर्वत पुगी ज्ञापन पत्र बुझाएको पर्वतका सक्रिय सेयर लगानीकर्ता मोहन आचार्यले जानकारी दिनुभयो ।

सेयर लगानी कर्ता नवराज शर्माले ज्ञापन पत्र बुझाउँदै संघर्ष समितीका संयोजक तिलक कोईराला असार १ गते देखी काठमाडौंमा आमरण अनशन बस्ने र सरकारले माग सम्बोधन नगरे देशैभरीका सेयर लगानीकर्ता एकबद्ध भएर देशव्यापी रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम चर्काउने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here