28.1 C
Kathmandu
Tuesday, July 16, 2024

र्‍यापर जी बब र परिवारबीच तीन बुँदे सम्झौता

काठमाडौँ– र्‍यापर जी-बब (सुदीप भण्डारी) र उनका आमाबुबाबीच तनाव बढेपछि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौँमा भएको छलफलमा तीन बुँदे सम्झौता भएको छ । जी–बब र परिवारबीच प्रहरीको रोहबरमा सम्झौता भएको हो । एनटीएफको तर्फबाट जिल्ला प्रहरी परिसरमा उपस्थित रहेका सुरेन्द्र गुरुङ (हाकिम) ले परिवारबीच तीन शर्तमा सहमति भएको जनाएका छन् । जी–बबका बुबा आमा र कपनमा रहेको रिहाबका सञ्चालक टासी लामाले मुख्यतया जी–बबलाई एक महिना रिहाबमा राख्ने र त्यसपछि एनटीएफसँगको सम्झौताअनुसार काम गर्ने सहमति भएको हाकिमले बताए । एक महिनाको अवधिमा परिवारले जी–बबसँग भेट्न चाहेमा रिहाब सेन्टरले व्यवस्था मिलाउने पनि सहमति भएको हो । दुवैबीच भएको तेस्रो सहमतिको बुँदामा भने एनटीएफले जी–बबलाई लिएर कुनै कार्यक्रम गर्दा परिवारलाई पनि जानकारी गराउनु पर्ने उल्लेख छ । जी–बबलाई एनटीएफले दुई वर्षका लागि सम्झौता गरेको छ । त्यसमा विभिन्न कार्यक्रमसँगै एउटा एल्बम निकाल्ने सम्झौता रहेको एनटीएफका निमासाङ शेर्पाले बताएका छन् । 

जी–बबलाई एनटीएफले बन्धक बनाएको भन्दै जी–बबका बुबा आमाले प्रहरीमा उजुरी गरेर मिडियामा आएपछि जी–बबले पनि आमाबुबाबाट स्वतन्त्रता चाहिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

ताजा

Related Articles