29.1 C
Kathmandu
Friday, July 19, 2024

पर्वत उद्योग वाणिज्य संघद्धारा जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान

पर्वत -स्थानीय तहका निर्वाचित पर्वतका जनप्रतिनिधिहरु उद्योग वाणिज्य संघसँग निजी क्षेत्रका काममा समेत सहकार्य गर्न प्रतिवद्ध भएका छन् ।  पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा जिल्लाका सबै जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् ।
कुस्माका नगरप्रमुख रामचन्द्र जोशीले भने,‘जनताको पक्षमा काम गर्न आएका हौं,तर राजनीतिक प्रतिशोध साध्ने सोचले गर्न सहज नहुने रहेछ । । त्यस कारण म उद्योग वाणिज्य संघलाई के आग्रह गर्न चाहन्छु भने तपाईँहरू त्यो विश्वासिलो गरिमा जोगाउन अन्य साथीहरुलाइ सहमतिमा लाग्न प्रेणा दिनुहोस् । उहाँहरूलाई साक्षात्कार गरिदिनुभयो भने बल्ल त्यसले एक मूर्त रूप लिन्छ जस्तो मलाई लाग्छ । तपाईँहरू प्रस्ताव लिएर हामीलाई दिनुस् स्थानीय सरकार सबैले साथ दिन तयार छ ।’
यस्तै,पैयुँ गाउँपालिकाका प्रमखु तोरण मल्ल ठुकुरीले पर्वत पर्यटकीय क्षेत्रको हिसाबले भरिपूर्ण भएको गण्डकीको साँच्चिकै सुन्दर रहेको बताउँदै यहाँ लगानी गर्ने थुर्पै क्षेत्रहरू रहेकोले लगानी र सहकार्य गर्ने वातावरण मिलाई दिन समेत उद्योग वाणिज्य संघसँग आग्रह गरे ।
जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले कृषि र उद्योम क्षेमा लागे स्वदेशमै राम्रो आम्दानी गर्न सक्निे आफ्नो उदाहारण दिँदै एकता मै ठुलो बल रहेकाले सबै एक हनु अनुरोध गरे । उनले कुनै पनि सभा समारोहमा एउटाले कामको प्रस्ताव ल्याउनुहोस् भन्ने र अर्कोले हुन्छ भनेर असहयोग गर्दा त्यसले कुनै रिजल्ट नदिने स्पष्ट पारे ।
उक्त स्वागत कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा र महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भूषाले आफुहरुले कुनै पनि राजनीतिक प्रतिशोध साधन नहुने भन्दै सहकार्यलाइ सबैसँग आग्रह गरेका छन् । कार्यक्रममा कुस्मा सहित जिल्लाका निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता थियो । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमा अधिकारीले उद्योग वाणिज्य संघ पर्वतले अघि सारेका कार्ययोजना प्रस्तुतु गरेका थिए । पूर्वअध्यक्ष केदारनाथ शर्मा,महासतिव रमेश लामिछाने सहितले कार्यक्रममा आफ्नो भनाइ राखेका थिए ।

ताजा

Related Articles