23.1 C
Kathmandu
Monday, July 15, 2024

जिसस पर्वतका पदाधिकारीहरुद्वारा पदभार ग्रहण,सबैसँग निष्पक्ष समन्वय गर्ने प्रमुख बिकको भनाइ!

लक्ष्मण बिश्वकर्मा,पर्वत- जिल्ला समन्वय समिति पर्वतका नवनिर्वाचित ९ जना पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गर्नुभएको ।बुधबार एक कार्यक्रमका बिच प्रमुख,उपप्रमुख र सदस्यहरुले सपथसँगै पदभार ग्रहण गर्नुभएको हो ।सोही कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम बिकलाई मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठी र उपप्रमुख तथा सदस्यहरुलाई समन्वय प्रमुख विष्णुराम बिकले सपथ खुवाउनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ पछि जिल्ला समन्व्य समितिको कार्यालयमा पुगेर सवै जनाले पदभार ग्रहण समेत गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा र जिल्ला समन्वय अधिकारी सुरेश ढकालले टीका र खादा लगाएर पदभार ग्रहण गराउनुभएको थियोे ।
पदभार ग्रहण पछि आयोजित कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रमुख विष्णुराम बिकले जिल्ला समन्वय समिति बनाउन जिल्लाका सवै राजनीतिक शक्तिहरु एकठाउँमा उभिएर लोकतन्त्रको सन्देश दिनुभएको भन्दै सबै दललाई धन्यवाद व्यक्त गर्नुभयो ।  आगामी पाँच वर्षे कार्यकालमा निष्पक्ष भएर सबै पक्षसँग सकारात्मक समन्वय र सहकार्य गर्ने बिकले प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्वत जिल्लाको विकास र समृद्धिका लागि आफु लगायत ९ जना सदस्यहरुले प्रभावकारी समन्वय रहने बताउनुभयो । जिल्लाको समग्र विकासका लागि सबै राजनैतिक दलहरू एक हुनुपर्ने बताउदै संघ, प्रदेश र स्थानीय सरकरबिच प्रभावकारी समन्वय हुनुपर्नेमा समन्वय प्रमुख बिकले जोड दिनुभयो ।
कार्यक्रममा नवनिर्वाचित उपप्रमुख सोम जिसी, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेल, नेपाली काँग्रेस पर्वतका उपसभापति शिव सुवेदी लगायतले जिल्ला समन्वय समिति सबै दलको अपनत्व हुनेगरी बनेको बताउँदै लोकतन्त्र बलियो बनाउन सबै क्षेत्रमा समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभएको थियो । नेकपा एमालेको र गठबन्धनको सहमतिमा जिल्ला समन्वय समितिका पदाधिकारी सर्वसम्मत चयन गरिएको थियो । जसमा प्रमुख सहित चार सदस्य एमालेका, गठबन्धनबाट उपप्रमुख सहित २ जना माओवादीका र तीन सदस्य नेपाली काग्रेसका गरी ९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित हुनुभएको थियो । सपथ ग्रहण कार्यक्रमको संचालन निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले गर्नुभएको थियो भने पदभार तथा शुभकामना प्रदान कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी सुरेश ढकालले गर्नुभएको थियो  ।

ताजा

Related Articles