29.1 C
Kathmandu
Friday, July 19, 2024

सुन्तलाचौर माबिका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण तथा जनप्रतिनिधिलाई सम्मान!

बाग्लुङ-बागलुङको जैमिनी नगरपालिका-२ दमेक स्थित सुन्तलाचौर माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । बुधबार विशेष कार्यक्रमको आयोजना गरि कक्षा १ देखि ८ सम्म अध्ययनरत सम्पूर्ण छात्राहरु र सम्पूर्ण दलित छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको बिद्यालयले जनाएको छ । छात्रवृत्ति वितरण सँगसँगै कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुको अन्तरक्रिया समेत सम्पन्न भएको छ । विद्यालयको आयोजनामा जैमिनी नगरपालिका वाड नं. २ तथा जिल्ला समन्वय समिति बागलुङको विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्नुका साथै शैक्षिक अन्तरक्रिया कार्यक्रम गरिएको छ।

संविधान सभाका सदस्य प्रकाश शर्मा पौडेल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रम जैमिनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रेम सापकोटा, जिल्ला समन्वय समिति उप संयोजक होमनाथ शर्मा सापकोटा, वडासदस्यहरु कौशिला बि.क., आनन्द प्रसाद अम्माइ, कार्यपालिका सदस्य चिन्तामणि दर्जी, नेपाल विद्युत प्राधिकरण सह निर्देशक तुलसी प्रसाद सापकोटा लगायत वडा नं. २ अन्तर्गतका १० वटा विद्यालयका वि.व्य.स. अध्यक्ष , प्र.अ. तथा शिक्षक प्रतिनिधिहरुको संयुक्त उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जैमिनी नगरपालिका वडा नं २ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई सुन्तलाचौर मा.वि. का प्र.अ विष्णुप्रसाद सापकोटा र वि.व्य.स. सदस्य तथा कार्यक्रमका अध्यक्ष नन्दलाल सापकोटाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । प्रारम्भमा वडा अध्यक्ष प्रेम सापकोटाले उक्त कार्यक्रम आयोजना गर्नुको अौचित्य प्रष्ट पार्नुभएको थियो । दशवटै विद्यालयका अध्यक्ष तथा प्र.अ. हरुले आ-आफ्नो विद्यालयका तत्काल समाधान गर्नुपर्ने समस्या जनप्रतिनिधि समक्ष दर्शाउनु भएको थियो । प्रमुख अतिथि प्रकाश पौडेल, जिल्ला समन्वय समितिका उप-संयोजक होमनाथ सापकोटा , समन्वय समिति सदस्य कौशिला बि.क., प्रधानाध्यापक विष्णुप्रसाद सापकोटा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सुन्तलाचौर माध्यमिक विद्यालयका शिक्षक खगराज सापकोटाको स्वागत मन्तव्य र संचालन बिद्यालयका लेखापाल प्रेम प्रसाद सापकोटाले गर्नुभएको थियो ।

ताजा

Related Articles