पर्वत-नेकपा एकीकृत समाजवादी पर्वतको सचिवालय बैठक बुधबार कुश्मामा सम्पन्न भएको छ । बैठकमा पार्टीलाई थप क्रियाशिल बनाउन विभिन्न निर्णयहरु गरिएको पार्टीका उपसचिव सन्तोष न्यौपानेले जानकारी दिनुभयो । पर्वतको विकासको लागि आगामी आर्थिक बर्षको बजेटमा एकीकृत समाजवादीले अघि सारेका योजनालाई सम्बोधन गर्न अनुरोध गर्ने, पार्टी कमिटी बिस्तार तथा पालिका पालिकामा पुगेर कार्यकर्ता भेटघाट गर्ने, स्थानीय चुनावको समिक्षासँगै आगामी संघ र प्रदेशको चुनावी रणनीति तयार गर्ने, अन्य पार्टीबाट नेकपा एसमा पार्टी प्रवेश गराउने कार्यलाई जोड दिने, कार्यालय व्यवस्थापन गर्ने लगायतका निर्णयहरु भएका छन् । जनकार्य र विकास निर्माणलाई जोड दिदै पार्टीको विचार र सिद्धान्तलाई जनतामाझ पुर्याउनुपर्ने नेताहरुले बताएका छन् । बैठकमा सचिवालय सदस्यहरुले आफ्नो धारण राखेका थिए भने जिल्ला अध्यक्ष मोती पौडेलले आफ्ना भनाइ राख्दै बैठक सम्पन्न गर्नुभएको थियो ।याउनुपर्ने नेताहरुले बताएका छन् । बैठकमा सचिवालय सदस्यहरुले आफ्नो धारण राखेका थिए भने जिल्ला अध्यक्ष मोती पौडेलले आफ्ना भनाइ राख्दै बैठक सम्पन्न गर्नुभएको थियो ।

