29.1 C
Kathmandu
Friday, July 19, 2024

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै नेविसंघ पर्वतद्वारा सरकारलाई ज्ञापनपत्र!

पर्वत- पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघ पर्वतले जिल्ला प्रसासन कार्यालय मार्फत सरकारलाइ ज्ञापनपत्र बुझाएको छ । सोमबार बिद्यार्थीको टिम जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा मार्फत ज्ञापनपत्र बुझाएको हो ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै बढाउनु गलत भएको भन्दै ज्ञापनपत्र बुझाएको हो । नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति बन्द गर्न पनि नेविसंघले सरकारसँग माग गरेको छ । उपभोक्ताको आम्दानी घटेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफैमा अमानवीय कार्य भएकाले मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरिएको नेविसंघका जिल्ला सभापति सन्तोष पाठकले बताए ।
नेविसंघ पर्वतका सभापति पाठकले  पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने गरेको बताए । अहिलेको परिस्थितिमा सरकारले निगमलाइ वैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि फिर्ता लिन उनले आग्रह गरे ।
निगमले गए रातीबाट पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि गरे पछि चौतर्फि बिरोध भएको छ ।

ताजा

Related Articles