21.1 C
Kathmandu
Friday, April 17, 2026

फलेवास नगरपालिकामा ६ वटा विषयगत समिति गठन,प्रबक्तामा तिवारी

पर्वत-फलेवास नगरपालिकाले ६ वटा विषयगत समिति गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले आगामी आर्थिक बर्षको नीति, बजेट तथा कार्यक्रम बनाउनुअधि आवश्यक समितिहरु गठन गरेको हो ।

फलेवास नगरपालिकाको विषयगत समिति सहमतिका आधारमा टुंगो लगाइएको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठक मार्फत ६ वटा विषयगत समिति टुंगो लगाएको फलेवास नगरपालिका मेयर गंगाधर तिवारीले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, दफा ६७ बमोजिम बजेट तथा कार्यक्रम समिति, दफा ६५ बमोजिम स्थानीय राजश्व परामर्श समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।images

कार्य समितिको बैठकले सामाजिक विकास समितिको संयोजक नारायण लामिछाने, आर्थिक समितिको संयोजकमा मनबहादुर कुवर, पुर्वाधार विकास समितिको संयोजकमा नेत्रबहादुर विक, संस्थागत विकास समितिको संयोजकमा गङगानारायण श्रेष्ठ , बिधेयक समिति संयोजकमा अम्मरबहादुर क्षेत्री र बिपद, बन तथा वातावरण समितिको संयोजकमा हितमान गुरुङ चयन भएका छन् । लेखा समितिको संयोजकमा देव शर्मा लम्साल लाई बनाउने निर्णय नगरसभामा पेश गर्ने प्रस्ताव गरिएको छ ।

नगर कार्यपालिकाको बैठकले फलेवास नगरपालिकाको प्रबक्तामा अच्युत तिवारी लाई चयन गरेको छ । नगरको आगामी आर्थिक वर्षको बजेटको तयारी अन्तिम चरणमा रहेको छ ।

ताजा

Related Articles