21.1 C
Kathmandu
Monday, March 16, 2026

दलित समुदायको उत्थान र सशक्तीकरणको माग गर्दै कुश्मा नगरलाई मागपत्र बुझाइयो !

पर्वत-दलित समुदायको हक हित, उत्थान र सशक्तीकरण कार्यक्रमको माग गर्दै विभिन्न राजनैतिक दलका दलित भातृ संगठनहरुले कुश्मा नगरपालिकालाई मागपत्र बुझाएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज, कुश्मा नगर कमिटी अध्यक्ष जित बहादुर विश्वकर्मा,नेपाल दलित मुक्ति संगठन पर्वतका प्रतिनिधि लक्ष्मण विश्वकर्मा नेपाल दलित संघ, कुश्मा नगर समितिका प्रतिनिधि डम्बर बहादुर नेपाली, दलित मुक्ति मोर्चा कुश्मा नगर कमिटि अध्यक्ष गोविन्द बहादुर नेपाली लगायतको टोली मंगलबार नगरपालिकाको कार्यालयमा पुगेर मागपत्र बुझाइएको हो । दलित सशक्तीकरणका लागि क्षमता विकास, नेतृत्व तथा व्यक्तित्व विकास साथै पुर्खेउली पेसाको प्रवर्द्धन लगायतको कार्यलाई जोड दिदै मागपत्र बुझाइएको छ ।
नगरप्रमुख रामचन्द्र जोशिले मागपत्र ग्रहण गर्दै आगामी बजेटमा दलित सशक्तीकरणका कार्यक्रमलाई जोड दिने आश्वासन दिनुभएको छ ।

ताजा

Related Articles