28.1 C
Kathmandu
Tuesday, July 16, 2024

मोदी गाउँपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक, आगामी बजेट ७३ करोड ५२ लाख ५३ हजार!

पर्वत-पर्वतको मोदी गाउँपालिका गाउँसभाको ११ औं अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, आर्थिक ऐन २०७९, विनियोजन ऐन, २०७९ तथा बार्षिक बजेट तथा योजना र कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाबाट आर्थिक बर्ष २०७९/०८० को लागि ७३ करोड ५२ लाख ५३ हजार ९ सय ४४ रुपैंयाको बजेट पारित भएको छ । उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत गरेको बजेटमा कुल बजेट मध्ये ४८ करोड ६९ लाख रुपैया पुँजी गत बजेट रहेको छ भने चालु तर्फ २४ करोड ८३ लाख ५३ हजार ९ सय ४४ रुपैंया रहेको छ ।

गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाको तर्फबाट आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले गाउँपालिकालाई सम्बृद्ध बनाउनका लागि कृषि, पशुपालन, स्वरोजगार तथा पूर्वाधार निर्माणमा जोड् दिनुभयो । गाउँपालिका भित्र कृषि एम्बुलेन्स सञ्चालन, अध्यक्षसंग सुत्केरी कार्यक्रम, सामुदायिक पुस्तकालय निर्माण, दिदिवहिनीसंग अध्यक्ष कार्यक्रम, युवासंग उपाध्यक्ष कार्यक्रम, सार्वजनिक नीति साझेदारीमा विद्युत उत्पादनका लागि प्रोत्साहन, काठेपोल विस्थापित र फोहोरबाट आम्दानी जस्ता कार्यक्रमहरु उल्लेख गरिएको छ ।

ताजा

Related Articles