पर्वत-विभिन्न पेसामा आवद्ध व्यक्तिहरुको हक हितमा काम गर्ने उद्देश्यले पर्वतमा पेसागत महासंघ नेपाल जिल्ला कार्यसमिति गठन भएको छ । कुश्मामा भएको बैठकमा लामो समय शिक्षण पेसा गरि अवकाश लिनुभएका चिरञ्जीवी पौडेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा होमनाथ गौडेल, सचिवमा लक्ष्मण विश्वकर्मा र सहसचिवमा भोलानाथ भुसाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जगन्नाथ घिमिरे, रमेश कुमार श्रेष्ठ, गौतम श्रेष्ठ, कृष्ण गुरुङ, सदिच्छा पोख्रेल, पिताम्बर शर्मा र बालमुकुन्द घिमिरे रहनुभएको छ ।
समिति गठन कार्यक्रममा पेसागत महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा पुर्व राष्ट्रिय सभा सदस्य उदय शर्मा, एकीकृत समाजवादी पर्वतका अध्यक्ष मोती प्रसाद पौडेल पेसागत महासंघ नेपाल गण्डकी प्रदेश महासचिव शिव प्रसाद पौडेल, गण्डकी सह-इन्चार्ज सुर्य बहादुर भाट समाजवादी प्रेस संगठन गण्डकी प्रदेश संयोजक गणेश पौडेल लगायतको उपस्थिति रहेको थियो ।
पर्वतमा पेसागत महासंघ नेपाल जिल्ला कार्यसमिति गठन,अध्यक्षमा पौडेल र सचिवमा बिक चयन!

