28.1 C
Kathmandu
Monday, July 15, 2024

विहादी गाउँपालिकाको बजेट ४३ करोड ४० लाख

पर्वत – जिल्लाको विहादी गाउँपालिकाले आगामी बर्षका लागि कुल ४३ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष मिना तिवारीद्धारा प्रस्तुत बार्षिक बजेट गाउँ सभाले पारित गरेको हो ।

अध्यक्ष गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकामा कृषि र पशुपालनको क्षेत्रमा राहतमुखी कार्यक्रमहरुको घोषणा गरे । उनले गाउँपालिकामा पूर्वाधार निर्माणका ठूला आयोजनाहरु संघ र प्रदेश सरकारसंगको साझेदारीमा सञ्चालन गर्ने र साना आयोजनाहरुमा गाउँपालिकाले यथेष्ट ध्यान दिने उल्लेख गरेका छन् ।

ग्रामीण वस्ती धेरै भएका कारण विहादी गाउँपालिकामा पशु र कृषि क्षेत्रमा सहयोगमुखी कार्यक्रमबाट नै ग्रामीण जनताको आय आर्जनमा अभिबृद्धि गर्न सकिन्छ भन्ने ध्येयका साथ अध्यक्ष गुरुङले कृषि एम्बुलेन्स सञ्चालन गर्ने, उत्पादन र ब्यवसायमा राहत र सहयोगको नीति लिने जानकारी दिए ।

गाउँपालिकाका उपाध्यक्ष तिवारीले सार्वजनिक गरेको कुल बजेट ४३ करोड ४० लाख १३ हजार बराबरको छ ।

ताजा

Related Articles