पर्वत- पवतको महाशिला गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९।०८० को नीति कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका अध्यक्ष इश्वरी भुषालले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक गाउँ एक उत्पादनको कार्यक्रम घोषणा गरे ।
उनले नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरुमा आवासीय सुविधाको प्रवन्ध मिलाउने समेत नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् । असक्त र बृद्धहरुलाई घर घरमा पुगेर औषधि वितरण गर्ने योजना देखि पशुहरुलाई निशुल्क औषधि वितरण समेतका योजनाहरु नयाँ कार्यक्रम अन्तर्गत सार्वजनिक गरेका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष धनसुवा विकले आगामी आर्थिक बर्षका लागि कुल ४० करोड ३२ लाख बराबरको बजेट प्रस्तुत गरेकी छिन । कुल बजेट मध्ये १९ प्रतिशत बजेट चालु खर्चमा र ८१ प्रतिशत रकम पुँजीगत काममा खर्च हुने अध्यक्ष भुषाल जानकारी दिए । नीति तथा कार्यक्रम र बजेट गाउँ सभाले पारित गरेको छ ।
आगामी असार १५ गते वस्ने अर्को गाउँ सभाले पारित गरेको बजेटको क्षेत्रगत बजेटलाई योजनागत बजेटमा रुपान्तरण गर्ने अध्यक्ष भुषालले जानकारी दिए ।