11.1 C
Kathmandu
Monday, March 16, 2026

खाद्य स्वच्छता कायम गर्न घरेलु कार्यालयद्वारा निरन्तर बजार अनुगमन!

पर्वत- घरेलु तथा साना उद्योग कार्यालय पर्वतले बजार अनुगमन कार्यलाई तिब्रता दिएको छ । यसै सिलसिलामा बुधबार कुश्मा बजारका होटल तथा किराना पसलको अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा कुश्मा नगरपालिका वडा नं. ९ ज्ञादी र वडा नं. ५ बडागाउँका पसलहरु अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा केहि पसलमा म्याद गुज्रिएका बस्तु भेटिएको र अखाद्य बस्तु बिक्री नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताउनुभयो ।

खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले बजार अनुगमन कार्यलाई निरन्तरता दिएको घरेलु तथा साना उद्योग कार्यालय पर्वतकि प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो । अनुगमनका क्रममा पसलमा भेटिएका म्याद गुज्रिएका अखाद्य बस्तुहरुको नष्ट गरिएको छ । पसल दर्ता,नविबरण,मुल्यसुचि, बस्तुको उपभोग्य मिति, सरसफाइ लगाएतको अनुगमन गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । व्यवसायीहरुलाई सचेत गराउदै म्याद गुज्रिएका अखाद्य बस्तुहरुको किनबेच नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो । जिल्लाका बिभिन्न ठाउँमा महिनाको एकपटक र आवश्यकता अनुसार नियमित छड्के अनुगमनलाई समेत जोड दिएको अधिकारीको भनाइ छ । सदरमुकामको बजार मात्र केन्द्रित नभई ग्रामीण भेगका बजारमा पनि अनुगमनलाई तिब्रता दिएको र अनुगमन पछि व्यवसायीहरु सजग भएको उहाँको भनाई छ । रङ मिसिएका तथा मानवीय स्वास्थ्यमा हानी पुग्ने खालका अखाद्य र म्याद गुज्रिएको सामान बिक्री गरेको भेटिएमा व्यवसायीलाई कानुन अनुसार कारबाही हुने बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयसँगै, जिल्ला प्रशासन कार्यालय पर्वत,उद्योग बाणिज्य संघ,उपभोक्त मंच,कुश्मा नगरपालिका, प्रहरी र पत्रकार लगायतको टोलिद्वारा बजार अनुगमन गरिएको थियो ।पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालय पर्वतले बजार अनुगमन कार्यलाई निरन्तरता दिएको छ ।

ताजा

Related Articles