12.1 C
Kathmandu
Saturday, February 7, 2026

पर्वतमा पहिलो पटक ट्युबवेल डिपबोरिङ्ग सिंचाई आयोजना सञ्चालन

पर्वत – जिल्लाको महाशिला गाउँपालिका वडा नं. ५ लंखु बनपाखेमा ट्युबवेल डिपबोरिङ्ग सिंचाई आयोजना सञ्चालनमा आएको छ । जिल्लामै पहिलो पटक उक्त आयोजना सञ्चालनमा आएको हो । आयोजनाको सोमबार एक कार्यक्रमका विच महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा वि.कले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै वि.कले यस सिंचाई आयोजनाले यहाँका कृषकलाई ठुलो राहत मिलेको बताउँनुभयो । उहाँले अब कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरण गर्नुपर्नेमा जोड दिदै गुणस्तरिय उत्पादकत्व वृद्धि गर्न आग्रह गर्नुभयो । वि.कले किसानलाई लक्षित गरी अहिलेको निति तथा कार्यक्रममा गाउँपालिकाले राहतस्वरुप थुप्रै अनुदानका कार्यक्रम ल्याएकाले बाह्रैबास खेती गरी लाभ लिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा महाशिला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चन्द्र मल्ल ठकुरीले कृषिमा व्यवसायिकरण गर्नुपर्ने बताउँदैे वडामा उत्पादन बढाई किसानलाई कृषिमा नै आत्मनिर्भर बनाउँनेमा जोडदिने बताउँनुभयो ।

भुमिगत जलस्रोत तथा सिंचाई आयोजना कार्यालय गण्डकी प्रदेशको आयोजनामा र महाशिला गाउँपालिकाको समन्वयमा करिब २२ लाखको लागतमा सिंचाई आयोजना संचालनमा ल्याइएको महाशिला ट्युबवेल डिपबोरिङ्ग सिंचाई आयोजना समितिका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।

 

करिब साढे ३ सय रोपनी जग्गालाई सिंचाई गर्न पुग्ने गरी ११० मिटर गहिराईबाट पानी निकालिएको महाशिला गाउँपालिका वडा नं ५ का वडा सदस्य तिलक जैसीले बताउँनुभयो । उहाँले भन्नुभयो,“यहाँका किसानले बर्खा याममा मात्रै खेती गर्न सक्थे अब भने जुनसुकै समयमा पनि आफुले चाहेको खेती गर्न सक्ने छन् ।” जैसीले यस गाउँमा मौसमी तथा बेमौसमी खेती राम्रो हुने बताउँदै सिंचाईकै कारण कोही पनि कृषक खेती गर्नबाट बन्चित हुननपर्ने बताउँनुभयो ।
ट्युबवेल डिपबोरिङ्ग सिंचाई आयोजना संचालनमा आए संगै यहाँका कृषक हर्सित भएका छन् ।

ताजा

Related Articles