11.1 C
Kathmandu
Monday, February 9, 2026

नयाँ नागरिकता विधेयक ल्याउने सरकारको तयारी


काठमाडौं -सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेश गर्ने भएको छ ।

लामो समयदेखि थन्किएर बसेको नागरिकता विधेयक सरकारले केही दिनअघि मात्रै फिर्ता लिने निर्णय गरेको थियो । विधेयकमा नेपालको संविधानमा उल्लेख भएअनुसार गैर आवासीय नेपालीलाई राजनीतिक अधिकारबिनाको नागरिकता दिने प्रावधान उल्लेख छ । उनीहरूलाई आर्थिक र सांस्कृतिक अधिकार रहने गरी नागरिकता दिने विधेयकमा उल्लेख छ ।

यो विधयेक जस्ताको तस्तै पारित भए एनआरएनहरुले नेपालमा व्यवसाय खोल्ने, उद्योग धन्दा खोल्ने, सांस्कृतिक कर्म गर्ने अधिकार प्राप्त गर्नेछन् । तर, भोट हाल्ने र चुनावमा उम्मेदवार हाल्ने अधिकार पाउँदैनन् । यसैगरी नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपाली नागरिकता दिने भनिएको छ।

तर समय सीमा उल्लेख गरिएको छैन् । बाबु विदेशी तर आमा नेपाली भएकाहरुले नागरिकता पाउने बाटो विधेयककले खोल्ने छ ।

ताजा

Related Articles