28.1 C
Kathmandu
Tuesday, July 16, 2024

गण्डकीसँगै चार वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

काठमाण्डौ –आज चार वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले बताएका छन् । उनका अनुसार कास्की, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, दाङ, तनहुँ, रुकुमलगायतका ठाउँमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि यी चार वटा प्रदेशका एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

मनसुन सक्रिय भएको केही दिनपछि ठूलो पानी परेको भएपछि अहिले यो क्रम बिस्तारै कम भएको मौसमविद्ले बताएका छन् । आज प्रदेश १, मधेस र वाग्मतीमा भने आंशिकदेखि सामान्य बद्ली रही सामान्यतया मौसम सफा रहने अनुमान छ।

ताजा

Related Articles