15.1 C
Kathmandu
Monday, March 16, 2026

इनरह्विल क्लब अफ पर्वतद्वारा पन्चकोशी माबिमा कम्प्युटर वितरण !

मिना थापा,पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ स्थित पन्चकोशी माबिमा दुई थान कम्प्युटर वितरण गरिएको छ। इनरह्विल क्लब अफ पर्वतको तथा इनरह्विल क्ल्व अफ न्युरोड सिटि काठमाडौंको संयुक्त सहयोगमा उक्त कम्प्युटर सनिवार वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिका वडा नं. १४ आर्थरका वडा अध्यक्ष रुद्र मोहन रिमालले क्लबले कम्प्युटर शिक्षामा सहजताका लागि बिद्यालयमा कम्प्युटर सहयोग गरेकोमा सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । इनरह्विल क्लब अफ पर्वत सामाजिक कार्यमा क्रियाशिल रहेको भन्दै आगामी दिनहरूमा अझै रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रोटरी क्लब अफ पर्वतका आगामी अध्यक्ष योगराज गिरि (बद्री ), लाएन्स क्लब अफ पिस कुश्माका सस्थापक अध्यक्ष किशोर भण्डारी, रोटयाक्ट क्लब अफ पर्वतका अध्यक्ष अर्जुन केसि, विद्यालयका प्र .अ. प्रकाश सापकोटा,क्लको उपाध्यक्ष मिना जोशी, कार्यक्रमको संयोजक पुर्व अध्यक्ष अनिता सापकोटा लगायतले बोल्नु भएको थियो ।
इनरह्विल क्लब अफ पर्वतका अध्यक्ष खिम माया पाइजा गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्लबका कोषाध्यक्ष सरिता भुसालले गर्नुभएको थियोे ।

ताजा

Related Articles