28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पर्वतको जलजलामा करेन्ट लागेर १ को मृत्यु,४ जना घाइते, २ सय घरमा क्षति!

पर्वत-पर्वतको जलजला गाउँपालिका वडा नं.७ धाइरिङ धारापानीमा  करेन्ट लागेर १ जनाको मृत्यु भएको छ,भने ४ जना घाइते भएका छन् । स्थानीय अन्दाजी ५० बर्षकी सीता केसीको मृत्यु भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । आज बिहान करिब ६:१५ बजे हाइभोल्टेज लाइन आएको बेला घरको विद्युत मिटरबक्स बन्दा गर्ने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको आचार्यले बताए । हाइभोल्टेज लाईन नियन्त्रण भन्दा बाहिर जाँदा धारापानीका करिब २ सय घरमा क्षति पुगेको छ । भुमे प्राबि नजिकै रहेको ट्रान्समिटरबाट त्यहाँका करिब २ सय घरमाविद्युत वितरण  भएको थियो ।  गाउँका करिब ४५-५० घरमा पुग्दा सबै मिटरबक्स जलेको हुँदा पुरै गाउँका करिब २ सय मिटरबक्स जलेको अनुमान गरिएको उनको भनाई छ । विद्युत लाइन सट हुँदा स्थानीय प्रताप आचार्यको फर्ममा आगलागी हुँदा ११ वटा बाख्रा मरेका छन् भने अन्य दर्जनौं घाइते भएका छन् ।

करिब एकहप्ता अघिदेखि गाउँमा विद्युत लाइनमा समस्या भएको तथा तारमा आगो बल्ने समस्या आएकोले सब स्टेशन मिलनचोकलाई जानकारी गराएको भएपनि समयमै मर्मत हुन नसक्दा ठुलो धनजनको क्षति व्यहोर्नुपरेको आचार्यले बताए ।घाइतेहरुको उद्दार गरि उपचारको लागि पठाएको र क्षतिको विवरण संकलन भैरहेको उनले बताए ।

उता, नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रका प्रमुख शिवनारायण गोशेलीका अनुसार प्रारम्भिक रुपमा २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्यो भन्दा धेरै भोल्टेज प्रसारण भएको बताएका छन् ।

आज विहानै विद्युत समस्या समाधानका लागि केहि स्थानहरुमा रुख हटाउने काम भएको उनले बताए । रुखहरु हटाउने क्रममा फलामे पोलबाट एलटि लाईनमा विद्युत लिकेज भएको हुनसक्ने उनले अनुमान गरे । कम्पोजिट एल्टीमा लाइन छिरेका कारण विद्युत आपूर्तिमा समस्या भएको हुनसक्ने उनले पूर्वानुमान गरेका छन् । यस्तो घटना जम्पर लुज भएका कारण पनि विद्युत प्रवाहमा समस्या आउने सक्ने उनले बताए । घटनाको यर्थाथ विवरण प्राविधिक जाँच पछि आउनसक्ने भन्दै २२० भोल्जेट प्रवाह हुनपर्ने तारमा ११ हजार भोल्टेजसम्मको लाइन प्रवाह भएको हुनसक्ने उनले अनुमान गरे ।
कार्यालय प्रमुख गोशेलीले प्रारम्भिक रुपमा २२० भोल्टेज भन्दा बढि ४४० भोल्टेजसम्म पनि प्रवाह भएको हुनसक्ने तर कति भोल्टेज प्रवाह भयो यकिन नभएको बताए । अधिकत ११ हजार भोल्टेज मुख्य तारमा भएका कारण त्यो बराबरको भोल्टेज गएको हुनसक्ने अनुमान कार्यालय प्रमुखले गरेका छन् । मुख्य लाइनमा प्रवाह हुने ११ हजार भोल्टेज भएका कारण त्यो बराबरको सवै भोल्टेज प्रवाह भयो या त्यो भन्दा कम भोल्टेज प्रवाह भएको हो प्राविधिक जाँच पछि पत्ता लाग्ने उनले बताए ।

ताजा

Related Articles