29.1 C
Kathmandu
Sunday, July 14, 2024

घरेलु तथा साना उद्योग कार्यालय पर्वतले निशुल्क तालिम संचालन गर्दै !(सूचना सहित)

पर्वत – पर्वतमा निशुल्क रुपमा विभिन्न सिपमुलक तालिम संचालन हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा आधारभूत व्युटी पार्लर, एड्भान्स होजियारी बुनाई र उद्यमशिलता विकास तालिम संचालन गर्न लागिएको हो ।आर्थिक वर्षको २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सीप हासिल गरि उद्यम व्यवसाय संचालन र प्रवर्द्धन गर्न चाहने व्यक्तिहरुलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले निशुल्क तालिम आयोजना गरिएको कार्यालय प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो । पर्वत जिल्लासँगै अन्य जिल्लाका तालिम लिन इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले भदौ ६ गतेसम्म आफूले लिन चहाएको तालिमको विषयबस्तु उल्लेख गरी आवेदन दिन उहाँले आग्रह गर्नुभयो ।कार्यालयले आधारभूत ब्युटी पार्लर तालिम लागि १५ जनालाई तालिम दिन लागिएको बताएको छ। तीन महिनासम्म उक्त तालिमको लागि ८ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने भनिएको छ। यस्तै एडभान्स होजीयारी बुनाई तालिम १५ जनालाई दिन लागिएको छ। २ महिना चल्ने तालिमको लागि होजीयारीको आधारभूत तालिम लिइसकेको हुनुपर्ने भनिएको छ। उद्यमशिलता विकास तालिम ५० जनाका लागि दिइने र उक्त तालिम १० दिनसम्म चल्ने तथा त्यसका लागि ८ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने शर्त राखिएको छ।
आधारभूत ब्युटी पार्लर तालिम घरेलु तथा साना उद्योग कार्यालय पर्वतको हलमा, एडभान्स होजीयारी बुनाई तालिम मोदी गाउँपालिका–५ को कार्यालयमा तथा उद्यमशिलता विकास तालिम आवेदनबाट छनोट भएका सहभागिताहरुको पायक पर्ने स्थानमा तीन समूह बनाएर सञ्चालन हुने भनिएको छ।
एडभान्स होजीयारी बुनाई तालिमको फाराम मोदी गाउँपालिका–५ को कार्यालयबाट तथा अन्य दुई तालिमको आवेदन फाराम घरेलु तथा साना उद्योग कार्यालय पर्वतबाट वितरण गर्ने कार्यालय प्रमुख अधिकारीको भनाई छ।

ताजा

Related Articles