28.1 C
Kathmandu
Monday, July 15, 2024

सुन्तलाचौर माबिमा विद्यालय सुधार योजना सम्बन्धि कार्यशाला सम्पन्न!

बाग्लुङ-बाग्लुङको जैमिनी नगरपालिका -२, दमेक स्थित सुन्तलाचौर माध्यमिक विद्यालयमा बिहिवार विद्यालय सुधार योजना (SIP) निर्माण सम्बन्धि १ दिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका सदस्यहरू , जनप्रतिनिधिहरु, विद्यार्थी प्रतिनिधिहरु, शिक्षकहरुको उपस्थिति रहेको थियो। उद्घाटन सत्र र कार्यशाला गरि सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथ्यता वडा अध्यक्ष प्रेम सापकोटा र अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक विष्णुप्रसाद सापकोटाले कार्यशालाको औचित्य माथी प्रकाश पार्नुभएको थियो ।शिक्षक खगराज सापकोटा र प्र. अ. विष्णुप्रसाद सापकोटाले सहजीकरण गर्नुभएको कार्यशालामा गत वर्ष निर्माण गरिएको विद्यालय सुधार योजनाको उपलब्धिको समीक्षा गर्दै , वर्तमान अवस्थाको विश्लेषण र सुधार गर्नुपर्ने पक्षहरुको पहिचान गरि प्र. अ. विष्णुप्रसाद सापकोटाको संयोजकत्वमा वाड सदस्य आनन्द प्रसाद अम्माइ, वि.व्य. स. सदस्य नन्दलाल सापकोटा, पि.टि.ए. सदस्य किर्तिनाथ सापकोटा , शिक्षक खगराज सापकोटा सहितको योजनाको मस्यौदा तयारी समिति गठन गरिएको छ ।शिक्षक खगराज सापकोटाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन विद्यालय सहायक कर्मचारी प्रेम प्रसाद सापकोटाले गर्नुभएको थियो ।

ताजा

Related Articles