23.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वतमा ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना अभियान

पर्वत-जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ । दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना जगाउने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको ‘सडक सुरक्षा सचेतना’ अन्तर्गत ट्राफिक प्रमुख एवम् प्रहरी नायव निरीक्षक सुमन निउरेको कमाण्डमा खटीएको जनपद प्रहरी सहित ५ जनाको टोलीले फलेवास नगरपालिकाका भित्रका कम्पनी र प्रा.लिमा आवद्ध चालकहरुलाई सचेतना दिन थालेको हो । फलेवास नगरपालिका वडा नम्वर ४ मुडिकुवा वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा ६० जना चालकहरुको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा– बागलुङ राजमार्ग चल्ने सवारी चालकहरूलाई सचेतना दिन थालेको बताए । उनले भने, ‘हामीले प्रहरीलाई ट्राफिक नियम र सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना जोगाउने र गाउँबस्तीमा रहेका प्रहरी युनिटहरूलाई विभिन्न सामाजिक विकृतिहरूका विरुद्ध सचेतना जोगाउने अभियानमा सक्रिय बनाएका छौं।’ यसले सामाजिक अपराध र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिकसमेत अग्रसर हुन थालेका छन् । प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा सामाजिक अपराधहरूमा कमी आउनुका साथै नागरिक र प्रहरीको सम्बन्धमा सुधार हुँदै गएको छ ।
स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा पर्वत प्रहरीले जिल्लाका सात वटै स्थानीय तहमा विभिन्न सचेतनात्मक क्रियाकलापहरू सञ्चालन गरिरहेको छ ।

ताजा

Related Articles