28.1 C
Kathmandu
Tuesday, July 16, 2024

मोदीमा भुमिहिन,सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न!

पर्वत-पर्वतको मोदी गाउँपालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धि स्थानीय तहका पदाधिकारीहरुसँ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतको आयोजना र मोदी गाउँपालिकाको ब्यबस्थापनमा उक्त कार्यक्रम मंगलबार सम्पन्न भएको हो । भाद्र १ देखि भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको सुचना प्रकाशित भैसकेकोले मोदी गाउँपालिकाका सवै वडामा यहि भाद्र १० गते देखि १६ गते संम्म भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिने भुमी आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले जानकारी दिनुभयो । जिल्लाको जलजला गाउँपालिकामा भने यसअघि नै लगत संकलन भैसकेको र अन्य पालिकामा लगत संकलनका लागि प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो । कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरा देवि शर्मा, गाउँपालिकाका उप अध्यक्ष बिमल लामिछाने, भूमि आयोगका सदस्य देबि कुमारी क्षेत्री ,सबै राजनीतिक दलहरु, ८ वटा वडाका अध्यक्ष ,वडा सचिवहरु लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रममा गरिएको थियो । एक दिने अन्तरक्रिया कार्यक्रमको प्रस्तुतकर्ता नापी अधिकृत ईन्जिनियर निशा अधिकारीले गर्नु भएको थियो । भूमिहिन दलित भुमिहीन सुकुम्वासी समस्या समाधान गर्ने सुकुम्बासी लाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि स्थानीय तहका भूमिहिन दलित भुमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको दाँचा वमोजिम निवेदन फाराम भर्ने बताइएको छ । त्यस्तै आफ्नो र आफ्नो परिवारको नाम जग्गाको लालपूर्जा नभएको हुनु पर्ने र अव्यवस्थित को हक मा १० साल अगाडि देखि बस्दै आएको हुनु पर्ने ,आयोगको नियम लागू हुने गरी काम गर्न र झुटो विवरण पेश नगर्न अनुरोध गरिएको छ ।

ताजा

Related Articles