पर्वत-नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतले पार्टी पुनर्गठन दिवस मनाइएको छ ।
पार्टी पुनर्गठन भएको १ बर्षको अवसरमा बिहीवार कुश्मामा एक कार्यक्रमको आयोजना गरि पुनर्गठन दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष मोती प्रसाद पौडेलले एक बर्षको अबधिमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।
नेकपा एमालेसँग विद्रोह गरि विभिन्न चुनौतीका बाबजुद गठन भएको पार्टीले संविधान र लोकतन्त्रको रक्षाका लागि अहम् भुमिका निर्वाह गरेको बताउनुभयो । निर्वाचन आयोगका केन्द्रिय सदस्य उदय सुवेदीले पार्टीलाई मजबुत बनाउन संगठन बिस्तार र जनमुखी कार्यमा जोड दिनुपर्ने बताउनुभयो । वडा, पालिका तथा जिल्ला कमिटीको बैठक राखेर पार्टीको गतिविधि जनतामाझ पुर्याउन सबैलाई आग्रह गर्नुभयो । उक्त कार्यक्रमको संचालन पार्टीका उपसचिव बिराज हमालले गर्नुभएको थियो । हमालले पार्टी पुनर्गठन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पार्टी देश र जनताको हितमा रहेकोले सबै न्यायप्रेमी जनता नेकपा एकीकृत समाजवादीमा समाहित हुनुपर्ने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी पर्वतले पार्टी पुनर्गठन दिवस मनायो ।

