मोती सामुदायिक पुस्तकालय वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तिज गित प्रतियोगिता सम्पन्न!

190

पर्वत-हरितालिका तिजको अवसरमा पर्वतको फलेवास नगरपालिकका वडा नं ५ खनिगाउँमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । खानीगाउँमा अवस्थित मोति सामुदायिक पुस्तकालय वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वडा स्तरीय तिज गित प्रतियोगिता तथा दर खाने कार्यक्रम सनिवार सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न वडाबाट सहभागिता रहेको कार्यक्रममा शिर्जनशिल आमा समुह खानिगाँउ प्रथम, नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था देविस्थान द्धितिय र समिडाँडा आमा समुहले तृतिय स्थान हाँसिल गर्न सफल भएको मोति सामुदायिक पुस्तकालय वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक शुशिला शर्मा लम्सालले जानकारी दिनुभएको छ । क्रमश प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद रु १५ हजार, १० हजार र ५ हजार संगै प्रमाण पत्रले पुरस्कृत गरीएको छ । कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले गंगाधर तिवारीले नेपाली कला र सँस्कृतिको संरक्षणमा जोड दिने बताउनुभएको छ । हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली कला र सँंस्कृतिको संरक्षणमा सबै जुट्नुपर्ने र पछिल्लो समय हराउँदै गएको परम्परागत चालचलनलाई जोगाउनको लागि आयोजना गरीने यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन स्वरुप नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख शोभा कुमारी क्षेत्री कार्यपालिकाका अन्य जनप्रतिनिधिहरु नेत्र विश्वकर्मा, वडा नं ३ शंकरपोखरीका वडा अध्यक्ष अर्जुन बहादुर कार्की, वडा नं ५ खानिगाउँका वडा अध्यक्ष नारायण प्रसाद लामिछाने , मोती सामुदायिक पुस्तकालयका बरिष्ठ लाइब्रेरीयन इन्द्र सापकोटा , जनप्रिय प्राबिका प्र.अ दुर्गा कुमारी सुवेदी, लघु उधमी महासंघ अध्यक्षकेशा कुमारी, ओम शान्ति फलेवास शाखाकी संचालिका जानाकी दिज्यु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुु भएको थियो । मोति सामुदायिक पुस्तकालय वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिला कुमारी शर्माको अध्यक्षता,कोषाध्यक्ष शुशिला लामिछानेको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन ईन्दिरा तिवारीले गर्नुभएको थियो । उक्त तिज गित प्रतियोगिताको पहिलो पुरस्कार सहयोग राष्ट्रिय वाणिज्य बैंक,दोस्रो पुरस्कार सहयोग भुसाल फर्निचर कुश्मा पर्वत र तेस्रो पुरस्कार सहयोग मोती सामुदायिक सिकाइ केन्द्रले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here