23.1 C
Kathmandu
Monday, July 15, 2024

नेकपा एस पर्वतद्वारा संघको निर्वाचनमा ६ जना र क्षेत्र नं.१ बाट पनि ६ जनाको नाम सिफारिस

पर्वत-नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पर्वत जिल्ला कमिटीको छैटौं पुर्ण बैठक सनिवार कुश्मामा सम्पन्न भएको छ ।बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागी उम्मेदवार सिफारिस गरेको छ । संघको निर्वाचनका लागि पार्टीका सचिव उमाकान्त सुवेदी, प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद लम्साल,प्रदेश कमिटी सदस्य धन कुमारी सुवेदी भुसाल,केन्द्रिय परिषद सदस्य बिजय गुरुङ,प्रदेश कमिटी सदस्य छवि गौडेल र पार्टी उपाध्यक्ष ठाकुर प्रसाद पौडेल गरि ६ जनाको नाम सिफारिस गरिएको छ । त्यस्तै पार्टीको क्षेत्र नं.१ को बैठकले पनि प्रदेश सभा सदस्य निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा पार्टीला क्षेत्र नं.१ का अध्यक्ष दिपुबाबु गिरी,सचिव सन्तोष कुमार गुरुङ, उपाध्यक्ष संगिता सुवेदी,जिल्ला कमिटी सदस्य यामनाथ शर्मा, सचिवालय सदस्य सुवास चन्द्र रोका र महमद साब अलिखान रहनुभएको छ । कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठले पार्टीको गतिविधि प्रसारलाई जोड दिदै चुनावमा हुमिनको लागि पार्टी कमिटीलाई आग्रह गर्नुभयो । सम्मानजनक हिसाबले गठबन्धन भएमा स्वीकार गर्ने यदि गठबन्धन नभएपनि पार्टी चुनाव लड्ने बताउनुभयो । अहिले संसदमा नेकपा एकीकृत समाजवादीका २४ सांसद रहेको र आगामी मंसिर ४ को निर्वाचनमा त्यो भन्दा बढी सिट हुनुपर्ने बताउदै कम्तीमा २४ सिट अनिवार्य हुनुपर्ने बताउनुभयो । छोटो समयमा नै पार्टी लोकप्रिय बन्दै गएको बताउदै जनमुखी काम गरेर थप पार्टीलाई सशक्त बनाउन लाग्नुपर्ने श्रेष्ठको भनाइ थियो । निर्वाचन आयोगका केन्द्रिय सदस्य उदय सुवेदीले पार्टीको निर्वाचन आयोगले गरेको निर्देशनका बारेमा जानकारी गराउनुभएको थियोे । पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोती प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन उपसचिव बिराज हमालले गर्नुभएको थियो । गत शुक्रबार बसेको क्षेत्र नं.२ को बैठकले मंसीर ४ गते हुने प्रदेश सभाको चुनावका लागि एकीकृत समाजवादीका तर्फबाट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेल, पार्टीका क्षेत्रीय अध्यक्ष रामेश्वर गौतम, जिल्ला उपसचिव विराज हमाल र जिल्ला सदस्य धनमाया थापाको नाम जिल्ला कमिटी पर्वतलाई अनुमोदनका लागि सिफारिस गरेको थियोे ।

ताजा

Related Articles