बाग्लुङको दमेकमा तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न !

630

पर्वत- हरितालिका तिजको अवसरमा बाग्लुङको जैमिनी नगरपालिका वडा नं.२ दमेकमा तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । दमेक स्थित सुन्तलाचौर माध्यमिक विद्यालयमा शुक्रबार तिजगित तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा विद्यार्थीहरुका ९ वटा समुहहरुको सहभगिता रहेको थियो । सहभागीहरुद्वारा महिलाको वेदनाहरु झल्काउने निकै सचेतनामुलक गितहरु तथा नृत्य द्वारा मनोरञ्जन प्रदान गरेका थिए। साथै चेतना जागरण गर्ने र संस्कृतिको संरक्षण गर्ने कार्यमा समेत उक्त कार्यक्रमले सहयोग पुर्‍याएको बिद्यालयले जनाएको छ । उक्त समूह मध्ये कक्षा ८ मा अध्ययनरत छात्रा आशिका सापकोटा को समूह प्रथम, कक्षा १० का छात्रा आस्मा छन्त्याल को समूह द्वितीय र कक्षा १२ का छात्रा उस्मिता सापकोटाको समूह तृतीय भएका थिए। प्रथम , द्वितीय र तृतीय हुने समुहलाई कार्यक्रमका प्रमुख अतिथि जैमिनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रेम सापकोटाले नगद पुरस्कार वितरण गर्नुभएको थियो । विद्यालयका प्र अ विष्णुप्रसाद सापकोटाले कार्यक्रमको महत्त्व माथि प्रकाश पार्नुभएको थियो भने शिक्षक खगराज सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षता, वडा नं. २ का वडा अध्यक्ष प्रेम सापकोटाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक किशोर शर्माले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here