पर्वतका राहुल परियारको तेक्वान्दोमा विश्व किर्तिमान

142

पर्वत- पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित पुर्कोटका राहुल परियारले तेक्वान्दोमा विश्व किर्तिमान कायम गरेका छन् । १७ वर्षिय परियारले जापानमा हालै सम्पन्न ओकिनवा कराँते तथा कोवुडो वल्र्ड टुर्नामेण्टमा दोस्रो स्थान हासिँल गरेका हुन् ।

विश्वका विभिन्न देशका २५ जना खेलाडीलाई पछि पार्दै राहुल दोस्रो भएर विश्वमा आफ्नो प्रतिभा देखाएर सफल खेलाडीको रुपमा चिनिएका हुन् । परियारले यसअघि नेपाल र भारतमा हुने प्रतियोगितामा पनि राम्रो प्रतिभा देखाउँदै आएका थिए । जापानमा तेक्वान्दो खेलमा नेपाल बाट सहभागी हुने परियार विरलै खेलाडी हुन् ।

तेक्वान्दोमा सहभागी भएर विजेता बनेका परियारले आफ्नो देशको नाम खेलकै माध्यमबाट विश्वभर चिनाउन चाहेको बताए । उनले जापानमा भएको प्रतियोगितामा दोस्रो स्थान हाँसिल गर्नु आफ्नो लागि गर्वको विषय रहेको बताएका छन् । विश्व किर्तिमान कायम राखेका परियारले सानै उमेर देखि तेक्वान्दोमा रुची रहेको हुनाले आफु सफलता तर्फ उन्मुख भएको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here