23.1 C
Kathmandu
Monday, July 15, 2024

महिला उद्यम समितिद्धारा युकेका हेड अफ डेमोक्रेसी एण्ड पाट्नरसिपलाई स्वागत

पर्वत- पर्वत उधोग वाणिज्य संघ महिला उद्यम समितिद्धारा युकेका हेड अफ डेमोक्रेसी एण्ड पाट्नरसिपलाई स्वागत गरीएको छ । पर्वत उद्योग वाणिज्यसंघमा आबद्ध महीला उद्योमीहरुले एक कार्यक्रमका विच स्वागत गरेका हुन । नेपाल भ्रमण रहेका काउनसिलर मिस्टर जिव नारायण बेलबासे र बिदेशी ब्यक्तित्व हेड अफ डेमोक्रेसी एण्ड पाट्नरसिप मिस्टर एण्ड्रयु कोलभर लाई संयुक्त रुपमा स्वागत गरीएको हो ।

समीतीका अध्यक्ष माया गिरीले स्वागत गर्दै पर्वत जिल्लाको बारेमा जानकारी गराएकी हुन । कार्यक्रममा काउनसिलर मिस्टर जिव नारायण बेलबासेले दोभासेको रुपमा एण्ड्रयु कोलभरलाई नेपालकको कला संस्कृती र रहन सहन तथा जिल्लाको उद्योमको बारेमा जानकारी गराएका हुन । स्वागतमा डेमोक्रेसी एण्ड पाट्नरसिप एण्ड्रयु कोलभर पर्वतका उद्योमका सम्भावना भईरहेको उद्योमको अवस्था र तिनीहरुबार उत्पादित वस्तुहरुको विदेश तथा स्वदेश निर्यातका बारेमा जानकारी गराइएको हो । कार्यक्रममा उद्योमी महीलाहरुले उत्पादन गरेको अल्लोको समान हस्तान्त्रण सहीत महीला उद्योमीहरुले पर्वतको उद्योमको वृती विकासका बारेमा जानकारी सहीतको ज्ञापन पत्र समेत हस्तान्त्रण गरेका हुन । माया गिरीको अध्यक्षतामा भएको स्वागत तथा भेटघाट कार्यक्रमको सञ्चालन समीतीका सचिव पुस्पा पौडेलले गरेकी हुन। स्वागत समीतीका उपाध्यक्ष जनल खत्रीले गरेकी हुन । कार्यक्रममा समीतीका पदाधिकारीहरुको सहभागिता रहेको हो ।

ताजा

Related Articles