कुश्मा बजारमा चाडपर्व लक्षित बजार अनुगमन!

283

पर्वत-नेपालीहरुको महान चाड दशै,तिहार र छठ पर्वलाई लक्षित गरि पर्वतको कुश्मा बजारमा मंगलबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत र घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा दुर्लुङ चोक,साझा चोक, शिवालय चोक र मैत्रीचोकमा रहेका किराना पसलहरुको अनुगमन गरिएको हो ।
चाडपर्वका बेला महंगी, कालोबजारी र अखाद्य बस्तुको विक्री वितरण रोक्ने उद्देश्यले बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।व्यवसायीहरुलाई सचेत गराउदै म्याद गुज्रिएका अखाद्य बस्तुहरुको किनबेच नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो । उपभोक्ताले पनि आफुले किन्ने सामनाको मुल्यसुची र उपभोग्य मिति हेरेर मात्र समान किन्नुपर्ने पौडेलले बताउनुभयो । अनुगमनका क्रममा पसलमा भेटिएका म्याद गुज्रिएका अखाद्य बस्तुहरुको नष्ट गरिएको छ ।
पसल दर्ता,नविबरण,मुल्यसुचि, बस्तुको उपभोग्य मिति, सरसफाइ लगाएतको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय पर्वतकि प्रमुख मुना अधिकारीले बताउनुभयो । खाद्य स्वच्छता कायम गर्नका लागि अनुगमन कार्यलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयो ” जिल्लाका बिभिन्न ठाउँमा महिनाको एकपटक र आवश्यकता अनुसार नियमित छड्के अनुगमन गरेका छौं,यस कार्यले व्यवसायीहरु सहज भएका छन् ।” सदरमुकामको बजार मात्र केन्द्रित नभई ग्रामीण भेगका बजारमा पनि अनुगमनलाई तिब्रता दिएको उहाँको भनाई छ । रङ मिसिएका तथा मानवीय स्वास्थ्यमा हानी पुग्ने खालका अखाद्य र म्याद गुज्रिएको सामान बिक्री गरेको भेटिएमा व्यवसायीलाई कानुन अनुसार कारबाही हुने अधिकारीले बताउनुभयो ।
अनुगमन टोलि पसल पसल आएकोमा सचेत र सजग भएको भन्दै आगामी दिनमा म्याद सकिएका तथा अखाद्य बस्तु बिक्री नगर्ने र दर्ता नभएका पसल दर्ता गरिने व्यवसायीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ पर्वत, कुश्मा नगरपालिका, उपभोक्ता हित संरक्षण मंच, प्रहरी र पत्रकारको नेतृत्वमा बजार अनुगमन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here