23.1 C
Kathmandu
Saturday, July 27, 2024

सुरज कुमार श्रेष्ठको झल्लुराम’ बोलको गित सार्वजानिक (म्युजिक भिडियो सहित)

पर्वत- जीवनको धेरै जसो समय गीत÷संगितको सानिध्यतामा बित्यो । गाउँमा हुने मेला, महोत्सव, रोपाई जात्रा, गाई जात्रा जस्ता पर्वमा मात्रा नभई नाटक लेखन, अभिनय र प्रस्तुतिकरणमा उनको उपस्थिती र प्रस्तुती हुन्थ्यो । कला, साहित्य र संगितमा उनको सानै देखिको शोख । तर, त्यसले आकार लिन भने लामै समय कुर्नु प¥यो ।

पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान जन्मिएका सुरज कुमार श्रेष्ठले लामो सयमको संघर्ष प्रश्चात ‘झल्लुराम’ एल्बम् लिएर दर्शक तथा श्र्रोता समक्ष आएका छन् । उनले ‘आइ म त झल्लुराम’ बोलको गित बिहिवार सार्वजानिक गरेका हुन् । बिजय दशमी तथा शुभ दिपावलीको अवसर पारेर गित सार्वजानिक गरिएको हो । बहुप्रतिभाका धनि सुरज कुमार श्रेष्ठको शव्द, संगित र स्वरमा सजिएको गितमा उनकै अभिनय समेत रहेको छ । उनलाई अभिनयमा रोशनी लामाले साथ दिएकी छन् ।

‘आइ म त झल्लुराम’ बोलको गित देश, काल, परिस्थिति र समसामयिक विषय वस्तुलाई आधार मानेर रचिएको गीत हो । गितले छोटो समयमा राम्रो भ्यूज सँगै राम्रो प्रतिक्रिया पाईरहेको छ । गित सँगै उनले सामजिक संजालमा लेखका छन्,‘ विभिन्न कालखण्डमा रचित मेरा धेरै सृजनाहरुलाई सबै दर्शक श्रोताहरुमा ल्याई पस्किन अहिले नै जुरेको रहेछ । अझै भन्नु पर्दा यो समयमा लेखेको रहेछ । फलेवासी माटोको सुगन्धले लय समेटेको छु । दशकौको मेरा शाब्दिक अभ्यासलाई गीत राम्रो लेख्नमा खर्चेको छु।’

उनले थप लेखेका छन्,‘गीत संगीतमा लाग्न पनि पहिला आफुु सशक्त हुनु पर्दो रहेछ अनि सबैको प्रेरणा पनि अत्यावश्यक पर्दोरहेछ । आशा गर्छु मलाई हजुरहरुको साथ सहयोग प्राप्त हुनेछ र पछिसम्म पनि मेरा सांगीतिक कर्मलाई निरन्तरता दिन पनि हजुरहरु कै साथ र शुभेच्छाको अपेक्षा राखेको छु।’“झल्लुराम“ विशेषत समय र परिस्थितिले गाजेको एक आम युवाको कथा हो । जुन मैले गीत र भिडियोमा सचित्र उतारेको छु, श्रेष्ठले भने,‘आफ्ना रहरलाई शहर सम्म, दुखलाई सुख सम्म डोर्याउन नसकेको एक युवकको कथा हो, जिन्दगीमा जिन्दगीले नै ठगेको गीती सार हो, आशा छ सबैले माया गर्दिनुहुनेछ ।,’

गितको म्युजिक भिडियो

ताजा

Related Articles