25.1 C
Kathmandu
Monday, July 22, 2024

पर्वतमा उम्मेदवारविरुद्ध कुनै उजुरी परेन

पर्वत-पर्वत जिल्लाको कुनैपनि क्षेत्रमा उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । निर्वाचन आयोगले आइतवार उम्मेदवारी दिएका उम्मेदवारहरु बिरुद्ध कुनै कसुर भएमा सोमवार दिउँसो ३ बजेसम्म उजुरी दिन आव्हान गरेको थियो ।

तर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो ३ बजेसम्म कसैको पनि उजुरी दर्ता नभएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । कसैका विरुद्ध पनि उजुरी नपरेपछि २८ वटै उम्मेदवारी कायम रहेका छन् । आयोगले भोलीदेखि उम्मेदवारी फिर्ताको समय निर्धाण गरेको छ । कुनैपनि उम्मेदवारले आफुले दिएको उम्मेदवारी फिर्ता लिन चाहेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर फिर्ता लिन सक्ने निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो ।

पर्वतमा ९ वटा राजनीतिक दल र स्वतन्त्र गरी प्रतिनिधि सभामा १२, प्रदेश सभा क मा ९ र प्रदेश सभा ख मा ७ जनाले उम्मेदवारी दिएका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा क्षेत्र रहेको पर्वतमा २८ जनाको उम्मेदवारी परेको हो । आयोगले असोज २६ गते अन्तिम मतदाता नामावली प्रकाशन र चुनाव चिन्ह वितरणको समय तालिका निर्धारण गरेको छ ।

ताजा

Related Articles