पर्वत-मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन पर्वतका बिद्यार्थी संगठनहरु एकबद्ध भएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका निर्वतनमान केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, प्रदेश सभा (क) सदस्यमा नेपका माओवादी केन्द्रका नेता सुदिप कुवँर र नेपाली प्रदेश सभा (ख)मा नेपाली काँग्रेसका पूर्व मुख्य सचिव एवम् पूर्व साँसद ऋषिकेश तिवारी प्रतिस्पर्धामा छन् । तीनै जना उम्मेदवारप्रति पर्वतमा जनलहर बढिरहेको भन्दै जिताउन सक्रिय भूमिका निभाउने बिद्यार्थी संगठनले प्रतिबद्धता जनाएका छन् ।
गठबन्धन दलमा आवद्ध नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी), एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियू विद्यार्थी लगायतका बिद्यार्थी संगठनले बृहत कार्यक्रमको आयोजना गरी बिद्यार्थीहरुले लोकतन्त्र बचाउन र देशको समृद्धिका लागि गठबन्धन बाहेक अर्को विकल्प नरहेको धारण राखे ।
अधिकाँश बिद्यार्थीहरुले लोकतन्त्र र संबिधान बचाउन प्रतिगमनकारीहरुलाई निस्तेज पारेर गठबन्धनका साझा उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।
नेपाल बिद्यार्थी संघका सभापति सन्तोष पाठकले एमालेको सर्वसत्तावादलाई परास्त गर्दै संविधान जोगाउन गठबन्धन भएको प्रष्ट पार्दै आसन्न निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई जिताउन अपिल पनि गरे ।
बिद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) पर्वतका अध्यक्ष साजन परियारले मुलुकको हित र संबिधानको रक्षाको लागि गठबन्धनले जित्न आवश्यक रहेको बताउँदै बिद्यार्थीहरुलाई सोही अनुसार परिचालन गरिने बताउनु भयो ।
बिद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सन्तोष सुनामले गठबन्धनबाट जसलाई टिकट लिएपनि पनि मुलुकको हितका लागि गठबन्धनका साझा उम्मेदवारलाई बिजयी गराउन लाग्नु पर्नेमा जोड दिनुभयो ।
गठबन्धनका उम्मेदवारलाई जिताउन पर्वतका बिद्यार्थी संगठन एकबद्ध

