28.1 C
Kathmandu
Tuesday, July 16, 2024

युवा संघ नेपाल जिल्ला कमिटी पर्वतको प्रथम बैठक सम्पन्न!

पर्वत-नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल जिल्ला कमिटी पर्वतको प्रथम बैठक सम्पन्न भएको छ । मंगलबार कुश्मामा सम्पन्न भएको भेलाले कमिटी पुनर्गठन गरेको छ ।कमिटीको अध्यक्षमा बिभुषण श्रेष्ठ र सचिवमा भुवन पौडेल चयन गरि ५१ सदस्य जिल्ला कमिटी गठन गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला कमिटी अध्यक्ष मोती प्रसाद पौडेलले युवाहरू भोलिका योग्य र सक्षम नेता भएकाले आजैबाट सामाजिक कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

देशको संविधान र लोकतन्त्रको रक्षा गर्दै जनमुखी कार्य गर्नका लागि अग्रगमन पार्टी निर्माणमा जोड दिएको उहाँले बताउनुभयो । पर्वतमा प्रत्यक्षतर्फ संघ र प्रदेशका उम्मेदवार नभएपनि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने र समानुपातिकमा पार्टीको उम्मेदवार भएको हुँदा समानुपातिक उम्मेदवार जिताउन पहल गर्नुपर्ने बताउनुभयो ।नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय स्तरको बनाउन समानुपातिकमा अधिक मत ल्याउन सबैले पहल गर्न र घरघर पुगेर कलम चिन्हमा मत माग्न आग्रह गर्नुभयो । एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको र गुटबन्दीका कारण पार्टी नै सकिन लागेको जिकिर गर्नुभयो । सो पार्टीसँग देश विकासका लागि कुनै नयाँ योजना नभएको र सधैं प्रतिगमनको बाटोमा हिडेका कारण अब जनता सचेत हुनुपर्ने पौडेलले बताउनुभयो ।

केन्द्रिय निर्वाचन आयोगका सदस्य तथा भूमि आयोग पर्वतका अध्यक्ष उदय प्रसाद सुवेदीले युवाहरुले पार्टीलाई मजबुत बनाउने गतिविधि संचालनमा जोड दिनुपर्ने बताउनुभयो । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा युवाहरूले महत्त्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

नेकपा एकीकृत समाजवादी पर्वतका उपसचिव बिराज हमालले देशको संविधान र लोकतान्त्रिकको रक्षा गर्न तथा प्रतिगमन तत्वहरुहरुलाई परास्त गर्नको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । विभिन्न उतारचढावको सामाना गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणमा जोडिएको बताउदै युवाहरू दृढ अठोट हौसला, उत्साह र उर्जाका साथ लाग्नुपर्ने बताउनुभयो ।युवा संघ नेपाल पर्वतका इन्चार्ज सुवासचन्द्र रोेकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बिराज हमालले गर्नुभएको थियो ।

ताजा

Related Articles