25.1 C
Kathmandu
Monday, July 22, 2024

नेकपा एकीकृत समाजवादी पर्वत प्रदेश सभा निर्वाचन क्षेत्र १ को बैठक सम्पन्न,उम्मेदवार जिताउन पहल गर्ने

पर्वत-नेकपा एकीकृत समाजवादी पर्वत प्रदेश सभा निर्वाचन क्षेत्र १ समन्वय कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । मंगलबार कुश्मामा सम्पन्न बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धि विभिन्न निर्णयहरु गरेको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला कमिटी अध्यक्ष मोती प्रसाद पौडेलले पार्टीलाई राष्ट्रिय स्तरको बनाउन समानुपातिकमा अधिक मत ल्याउन सबैले पहल गर्न र घरघर पुगेर कलम चिन्हमा मत माग्न आग्रह गर्नुभयो । पर्वतमा प्रत्यक्षतर्फ संघ र प्रदेशका उम्मेदवार नभएपनि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने र समानुपातिकमा पार्टीको उम्मेदवार भएको हुँदा समानुपातिक उम्मेदवार जिताउन पहल गर्नुपर्ने बताउनुभयो । संविधान र र लोकतन्त्रको रक्षाका लागि गठबन्धनको मर्म र भावना बुझेर गठबन्धनका साझा उम्मेदवार जिताउन पहल गर्नुपर्ने उहाँले बताउनुभयो । नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकमा बिजय गुरुग, संगिता सुवेदी र धनमाया थापा उम्मेदवार रहनुभएको छ ।कार्यक्रममा केन्द्रिय परिषद सदस्य बैकुण्ठ भुसाल, नेकपा एकीकृत समाजवादी पर्वतका उपसचिव बिराज हमाल, युवा संघ कास्कीका सचिव सन्तोष अधिकारी,पर्वत निर्वाचन क्षेत्र १ का निर्वाचन परिचालन आर्थिक समिति संयोजक यमनाथ शर्मा, कुश्मा नगर कमिटी अध्यक्ष बिधान पौडेल , जलजला गाउँपालिका कमिटी अध्यक्ष लालबिर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । क्षेत्रीय अध्यक्ष दिपुवाबु गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्षेत्रीय सचीव सन्तोष कुमार गुरुङले गर्नुभएको थियोे ।

ताजा

Related Articles