29.1 C
Kathmandu
Friday, July 19, 2024

नेकपा एकीकृत समाजवादी कुश्मा नगर कमिटी गठन,अध्यक्षमा पौडेल!

 

पर्वत-नेकपा एकीकृत समाजवादी पर्वतको कुश्मा नगर कमिटी गठन भएको छ । मंगलबार कुश्मामा भएको पार्टीको भेलाले बिधान पौडेलको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा शम्भुराज पौडेल र सदस्यहरुमा, ओम प्रकाश सुनार, सविता बिक, सुकराम गुरुङ, आफान्ती श्रीस, राधिका सापकोटा, राम बहादुर नेपाली, महमत्त मुक्तर अली, सदिच्छा पोख्रेल,टेक बहादुर नेपाली, अमित घिमिरे लगायत रहनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पर्वत जिल्ला कमिटी अध्यक्ष मोती प्रसाद पौडेलले समाज रुपान्तरण र सकारात्मक परिवर्तनका लागि सबै जनता नेकपा एकीकृत समाजवादीमा गोलबन्द हुन आग्रह गर्नुभयो । संविधान र लोकतन्त्रको रक्षा गर्दै जनहितमा काम गर्ने उद्देश्यले एकीकृत समाजवादी स्थापना भएको बताउनुभयो ।देशभर नै नयाँ जोस जागर, उत्साह, हिम्मत र अठोटका साथ जनता एकीकृत समाजवादीमा हुमिएको बताउनुभयो ।

ताजा

Related Articles