28.1 C
Kathmandu
Tuesday, July 16, 2024

घटना दर्ता प्रभावकारी बनाउन फलेवासका कर्मचारीहरुलाई तालिम

पर्वत- पर्वतको फलेवास नगरभित्र हुने व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता बितरण व्यवस्थीत गराउन वडा सचिव, वडा सहायक तथा नगरपालिकाका कर्मचारीहरुलाई दुई दिने तालिम सञ्चालन गरिएको छ ।
फलेवास नगरपालिकाको आयोजनामा सञ्चालित तालिममा नगरका ११ वटै वडाका सचिव, वडा सहायक, नगरभित्र सामाजिक सुरक्षा भत्ता बितरणमा जिम्मेवारी पाएका बैंकका कर्मचारी तथा नगरपालिकामा कार्यरत सम्बन्धित कर्मचारीहरुलाई प्रशिक्षण दिइएको हो । विगतका वर्षहरुदेखि नै व्यक्तिगत घटना दर्ता अनलाइनमार्फत तथा सामाजिक सुरक्षा भत्ता बैङ्किङ सहित विद्युतिय प्रणालीबाटै बितरण गर्दै आइरहेको नगरपालिकाले यो वर्ष त्यससंग सम्बन्धित तथ्याङ्क थप सुरक्षित गर्न ख्एल् (भर्चुअल प्राइभेट नेटवर्क) सम्बन्धि तालिमको आयोजना गरेको हो ।
त्यसअन्तर्गत सहभागिहरुलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा, विधुर पुरुष तथा एकल महिलाको सामाजिक संरक्षण प्रोत्साहन भत्तासंग सम्बन्धित ऐन, नियम, नियमावली तथा कार्यविधिमा रहेका महत्वपुर्ण विषय समावेश गरिएको थियो । त्यस्तै व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सूचना प्रणाली सञ्चालन तथा प्रयोग, बैंङ्किङ प्रणाली, गत वर्षको समिक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । त्यसबाहेक वडाका कर्मचारीहरुलाइ नगरपालिकाको नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका महत्वपुर्ण विषयहरुबारे जानकारी गराइएको थियो ।
कार्यक्रमको समापनका अवसरमा नगरप्रमुख गंगाधर तिवारीले कर्मचारीहरुलाई प्रविधिअनुकुल र नागरिकमैत्री सेवामा ध्यान दिन निर्देशन दिनुभयो । समापनका अवसरमा नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले नगरपालिकाका हरेक वडामा सेवा लिन आउने सेवाग्राहिलाई छरितो सेवा दिन सम्पुर्ण कर्मचारी र जनप्रतिनिधि जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले सहभागिहरुलाई बदलिंदो प्रविधि अनुरुप अघि बढ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पञ्जीकरण शाखा प्रमुख कृष्ण प्रसाद पौडेल, सूचना प्रविधि अधिकृत कमल गौतम लगायतले बोल्नुभएको थियो । नगरपालिकाको पञ्जीकरण शाखाका एम.आइ.एस. अपरेटर लकास सुबेदीले सञ्चालन गर्नुभएको थियो ।

ताजा

Related Articles